site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य मन्त्रालयको निर्देशन : मन्त्रिपरिषद्ले स्वीकृत नगरी स्थायी पदपूर्ति नगर्नू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्ले स्वीकृत नगरी जनशक्ति थप नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकको पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न निर्देशन दिएको हो ।

संघ सरकारलाई अर्थिक भार पर्ने भएकाले लोक सेवा आयोगबाट स्थायी पदपूर्ति समेत नगर्न मन्त्रालयको निर्देशन छ ।

मन्त्रालयले समायोजनपत्र बुझी खटाएको ठाउँमा नगएका कर्मचारीलाई तत्काल रमाना गरी पठाउन, दरबन्दीभन्दा बढी भएका कर्मचारीको तलब भत्ता स्थानीय तहबाटै व्यवस्था गर्न पनि मन्त्रालयले भनेको छ ।

नयाँ बनेको आधारभूत अस्पतालहरुमा स्थानीय तहहरुले पदपूर्ति गरेको भए त्यस्ता कर्मचारीको तलब भत्ता सम्बन्धित पालिकाबाटै गर्न पनि मन्त्रालयको निर्देशन छ ।

मन्त्रालयको सातबुँदे निर्देशन

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro