site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दुईतिहाइको सम्मान गर्न सकेनौँ, यो मोर्चा सरकार टिकाउन सीमित नबनोस् : खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता र सरकार टिकाउन सीमित हुन नहुने बताएका छन् । सोमबार राष्ट्रिय सभागृहमा समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले दुई वामपन्थी दललाई दुईतिहाइ प्रदान गर्दा पनि त्यो मतको सम्मान आफूहरूले गर्न नसकेको स्वीकार गरे ।

“दुई वामपन्थी पार्टीहरुलाइ दुईतिहाइ मत जनताले दिएको हो । धेरै काम गर्नुपर्ने थियो । क्रान्तिकारी भूमिसुधार गर्नुपर्ने थियो तर त्यसो भएन । देशमा कृषि क्रान्तिको आवश्यक थियो, त्यो पनि भएन । कृषकहरुलाई पाँचवटा आधारभूत सेवा दिन सकेनौँ । राष्ट्रिय औद्योगिकीकरणमा पनि देश अघि बढेन,” उनले भने, “दुईतिहाइ बहुमत हुँदा पनि हामीले गर्न सकेनौँ । शिक्षा  र स्वास्थ्यमा विकराल अवस्था छ । युवाहरू खाडी मलेसिया अष्ट्रेलिया पुग्नु परेको छ । राजनीतिक अन्योलता छ र सरकार कति कहिलेसम्म टिक्छ भनेर हेर्नुपरेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले कृषिप्रधान देशको पहिचानबाट नेपाल रेमिट्यान्सप्रधान देश बन्न लागेको जिकिर गरे । राष्ट्रियता संकटमा परेको भन्दै उनले विदेशी सेना हाम्रो भूमिमा आएर बसेको र आफ्नै भूमिलाई पनि हाम्रो हो भन्न नसक्ने विडम्वना रहेको जिकिर गरे ।

“हामी एक ठाउँमा नउभिए आमूल परिवर्तन हुँदैन । यो पहिलो पाइला हो । सबै वामपन्थी क्रान्तिकारी र समाजवादीलाई एक नबनाएसम्म केही हुँदैन । यो मोर्चालाई विस्तार गर्न जरूरी छ,” उनले भने, “यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने र सबैलाई एक बनाउने बनोस् । हाम्रो लक्ष्य र तीन करोड नेपालीको लक्ष्य समाजवादी गणतन्त्र हो ।”

Global Ime bank

उनले यो मोर्चावन्दी थालनीमात्र भएको भन्दै सबै वामपन्थी दलहरूलाई एक ठाउँमा आउन अपिल र आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement