1687074592.jpg)
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणकार्य सम्पन्न गरिने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले काठमाडौं–तराई द्रुतमार्ग निर्माणकार्य ०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाइएको जानकारी गराए । महँगो भए पनि अबका तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको उनले बताए ।
निर्धारत समयमै द्रुतमार्गको निर्माण सकाउने गरी नेपाली सेनालाई जिम्मा दिए पनि विभिन्न कारणले ढिला भएको उनले उल्लेख गरे ।
सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेट सन्तुलित रहेको पनि उनले बताए । उनले बाहिर चर्चा भएजस्तो सल्यान जिल्लामा धेरै बजेट नगएको जिकिर गरे । आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट राख्ने मनासायले योजना छनोट नगरेको उनको भनाइ छ ।