site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागरिकता विधेयकको पक्षमा वकालत गर्दै पर्वतारोही निर्मल पुर्जा

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले राष्ट्रपतिबाट हालै प्रमाणीकरण भएको नागरिकता विधेयकको पक्षमा वकालत गरेका छन् । उनले ट्विटरमार्फत अभियान नै चलाएर नागरिकता विधेयकको पक्षमा उभिन आह्वानसमेत गरेका छन् ।

उनले नागरिकता विधेयकमा रहेको गैरआवासीय नेपालीलाई आर्थिक र सामाजिक तथा सांस्कृतिक अधिकारसहित नेपाली नागरिकता पाउने व्यवस्थाको तारिफ गरेका छन् । 

“नेपाल सरकारले गैरआवासीय नेपालीलाई कानुनी नागरिकता दिने नयाँ नागरिकता विधेयक ल्याएको थियो । गैरआवासीय नेपालीलाई पूर्ण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरू अभ्यास गर्न अनुमति दिने यस कानुनमाथि सर्वोच अदालतले अन्तरिम आदेश जारी गरेको छ,” उनले भनेका छन्, “यो नयाँ विधेयकले अहिले र भविष्यमा नेपालको अर्थतन्त्रलाई बढावा दिने छ । एनआरएनको लगानीमार्फत मुलुकमा लगानी वृद्धि तथा पर्यटनको वृद्धि हुने छ र  उच्च दक्ष रोजगारी सिर्जना गर्दै देशमा समृद्धि आउने छ ।”

भूतपूर्व गुर्खा सैनिक पुर्जाले सबैभन्दा छोटो अवधि अर्थात् १९० दिनमा सबै ८,००० मिटर अग्ला हिमालहरू आरोहण गरेर पर्वतारोहणमा इतिहास रचेका छन् । 

उनले सर्वोच्च अदालतलाई नेपाल सरकारसँग मिलेर विदेशमा र नेपालमा रहेका नेपालीको जीवन राम्रो बनाउन पनि आग्रह गरेका छन् । “सँगै मिलेर काम गरेर लगानी, दक्ष रोजगारीका अवसर, कूटनीतिक, शैक्षिक र वित्तीय अवसरहरू थप गर्न सकिन्छ,” उनले भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  २२:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro