देश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा टंक गुरुङ र लक्ष्मी महर्जन धरौटीमा रिहा हुँदै छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले गुरुङलाई १० लाख र महर्जनलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अन्य अभियुक्तलाई पूर्पक्षका लागि केन्द्रीय कारगार पठाइँदै छ ।
अभियुक्तमध्येका गुरुङ होटल व्यवसायी हुन् भने महर्जन नेपाल प्रहरीको अस्पतालमा कार्यरत नर्स हुन् ।
पाँचथरका गुरुङमाथि नक्कली शरणार्थी प्रकरणका नाइकेको सहयोगीको रूपमा काम गरेको आरोप छ ।
महर्जन जेठ १२ गते पक्राउ परेकी थिइन् । उनको खाताबाट पैसाल लेनदेन भएको देखिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८० १९:०२
प्रतिक्रिया दिनुहोस्