site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाँच लाखभन्दा कमका योजना संघमै फिर्ता पठाउँछौँ : मुख्यमन्त्री पाण्डे
फाइल तस्बिर।

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले बजेटमार्फत साना योजना विनियोजन गरी प्रदेशमा पठाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । अग्रीम जानकारी गराउँदा पनि सङ्घ सरकारले बजेटमार्फत एक लाखसम्मका योजना बनाएर प्रदेशमा पठाएको भन्दै रु पाँच लाखमुनिका बजेट कार्यान्वयन नगर्ने स्पष्ट पारे ।

आज नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा मुख्यमन्त्री पाण्डेले रु पाँच लाखभन्दा मुनिका योजना १०० भन्दा बढी रहेको भन्दै प्रभावहीन कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार बाध्य नहुने बताए ।

“प्रदेश र स्थानीय तहलाई बलियो बनाउने पनि भन्ने तर ठूला योजना सङ्घमै राख्नु राम्रो होइन,” उनले भने, “कम बजेटका योजना कि स्थानीय तहमा पठाइदिनुपछि होइन भने सङ्घमै राख्नुपर्छ ।”

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको अन्तिम तयारीमा रहेको भन्दै उनले सडक पूर्वाधारमा रु ३० लाखभन्दा कम बजेटका योजना  खानेपानी तथा सिँचाइको हकमा रु १० लाखभन्दा कम बजेटका योजना नल्याउने स्पष्ट पारे ।

“करोडौँका योजनामा रु पाँच लाख मात्रै छुट्याएर अलपत्र पार्ने काम गण्डकी सरकारले गर्दैन । बजेट खर्च गरिसकेपछि सम्पन्न हुनुपर्छ र त्यसको तत्काल जनताले उपयोग गर्न पाउनुपर्छ,” उनले भने ।

प्रदेश र स्थानीय सरकारले वैदेशिक ऋण लिन नपाउने, ऋण उठाउन पनि १२ प्रतिशतको सीमा तोकिदिने, विनियोजित बजेट पनि अन्तिममा आएर काटिदिने जस्ता सङ्घ सरकारको क्रियाकलापले वित्तीय सङ्घीयता बलियो नभएको मुख्यमन्त्री पाण्डेको बुझाइ छ ।

गण्डकी प्रदेशका २७ वटा नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियरको उपस्थिति रहेको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नगर विकास कोषलाई चाँडो पुर्नसंरचना गर्दै स्थानीय सरकारको वैकल्पिक आर्थिक स्रोतको सुनिश्चितता गर्न सङ्घ सरकारले ढिलाइ गर्न नहुने बताए ।

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटाले मुलुकभरका ९० नगरपालिकामा दिगो आयमूलक पूर्वाधार र ११० भन्दा धेरै स्थानमा खानेपानीका योजनामा रु १५ अर्ब बराबरको लगानी गरिरहेको जानकारी दिए । उनले स्थानीय सरकारलाई ऋण र अनुदानको समिश्रणबाट वित्तीय मध्यस्थकर्ता संस्थाका रुपमा प्राविधिक एवं आर्थिक सहजीकरण गरिरहेको बताए ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भिम ढुङ्गानाले कोषको पुर्नसंरचनाका लागि रणनीतिक पत्र स्वीकृत भएर कानून बन्ने अन्तिम तयारीमा रहिरहँदा कोष ‘अटोनोमस’ हुनेमा आशङ्का रहेको भनाइ राखे ।

कार्यक्रममा नगर विकास कोषका सदस्य हिक्मतजङ्ग कार्की, पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, पूर्वसचिव कृष्णहरि बास्कोटा, कोषका पूर्वकार्यकारी निर्देशक सुशिल ज्ञवालीलगायतले ऋण र अनुदान लिने अन्य विकल्प नभएका पालिकाले कोषमार्फत लगानी भित्र्याएर जनअपेक्षा अनुरुप विकासको गति बढाउन सुझाव दिए । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro