site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषिमा आत्मनिर्भर बनाउन कर : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघलगायत संस्थाका किसानसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री डा. महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण र कृषिमा आत्मनिर्भर बनाउन त्यस्ता वस्तुमा कर लगाइएको जिकिर गरे ।

Dabur Nepal
NIC Asia

उनले करका कारण आयातित वस्तु मात्र महँगो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने तर्क गरे ।

करको दर लागु नहुँदै सुनियोजित रूपमा केही संगठित व्यक्तिहरूले मूल्यवृद्धि गरेको उनको भनाइ छ ।

उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रमलगायत विषयलाई बजेटमा प्राथमिकतामा राखिएको जानकारी दिए ।

भेटका क्रममा ती संस्थाका प्रतिनिधिले आन्तरिक उत्पादनको संरक्षणका लागि सरकारको कदम स्वागतयोग्य भएको बताएका थिए । उनीहरूले यो क्षेत्रमा देखिएका समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro