site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिनाथमा छिरेको छ : सांसद आले 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले गएको वर्ष ‘अर्थ मन्त्रलायमा तार काट्ने मुसा योपटक पशुपतिनाथमा छिरेको’ बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

“गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यसपटक पशुपतिनाथमा छिरेको छ  । पहिलोपटक २०७९ माघ १४ गते तार काटियो,” पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले भने, “परिषद् सदस्यको समितिमा छानबिन समिति गठन भयो । प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो ।”

Prabhu Bank
Agni Group
NIC Asia

तर, तार काट्ने मुसालाई नसमातिएको उनको भनाइ छ । “तर, पर्यटनमन्त्रीले तार काट्ने मुसालाई नसमातेर छानबिन समितिका सदस्य देवी बराललाई समितिबाट हटाउने काम गरियो । प्रतिवेदन लुकाइयो । चोरलाई संरक्षण गरियो,” आले भन्छन् ।

उनले पशुपतिनाथको घ्याम्पे, दनापेटिका चोरी भएको पनि बताए । सांसद आलेले भने, “मूर्ति तथा बहुमल्य वस्तु चोरिएको छ ।”

Global Ime bank

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, मन्त्री मस्त निद्रामा रहेको उनको टिप्पणी छ ।

सो कोषअन्तर्गत गोठाटारको ५३५ रोपनीमध्ये ५०४ मात्र हाल साविक गरिएको आरोप उनले लगाए । ३१ रोपनी जग्गा हडपिएको प्रतिवेदन बाहिर ल्याउनेलाई स्पष्टीकरण सोधिएको उनले बताए ।

नेपाल वायुसेवा निगमले तीन महिनामा नाफा कमाएको भनेर झुट बोलेको उनको भनाइ छ । उनले निगमको यथार्थ आर्थिक अवस्थाबारे जानकारी गराउन समेत माग गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC