site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अभियोग नै राज्यले लगाएपछि, राज्य उहाँविरुद्ध लागेकोमा दुईमत छ र ?’
फाइल तस्बिर।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षबाट बहस भएको छ । थुनछेक बहसको नौ दिन मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाँणको तर्फबाट वकिलहरुले बहस गरे । 

खाँणको तर्फबाट अधिवक्ता पंकजनाथ कर्णले सुरुआती बहस गरे । उनले करिब दुई घण्टाको बहसमा खाँणलाई पूर्पक्षका लागु थुनामा राख्नुपर्ने कुनै कारण नभएको जिकिर लिए । कर्णले खाँणविरुद्ध कसैको जाहेरी नपरेको, कुनै अभियुक्तले अदालतमा बयान गर्दा खाँणका विरुद्ध बयान नगरेको दाबी गर्दै खाँणलाई साधारण तारेखमा राखी पूर्पक्ष गर्न माग गरे ।

कर्णको दुई घण्टाको बहसमा न्यायाधीश न्यौपानेले जम्मा एकपटक रोके । कर्णले अभियोगपत्र करारको विषयझै प्रस्तुत भएको जिकिर गर्दा न्यौपानेले कर्णलाई प्रश्न गरे, “नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रक्रिया के करारको विषय हो ?”

Agni Group
NIC Asia

उक्त प्रश्नमा जवाफ दिँदै अधिवक्ता कर्णले अभियोगपत्रको भाष्य देखाउँदै लेनदेनको विषय जसरी उल्लेख भएको तर्क गरे । उनले अभियोजनकर्तामाथि प्रश्नसम्म उठाएको न्यायाधीशलाई जानकारी दिए । बहस सकिएसँगै खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गर्ने उनले जनाए ।

न्यायाधीशले अधिवक्ता कर्णले नै धेरै विषय उठान गरिसकेको हुँदा उठान नभएका विषयमा मात्र बहस गर्न केसीलाई भने । न्यायाधीश न्यौपानेले प्रथम बहसकर्तालाई चाहिएको जति समय दिइने तर त्यसपछि भने समयको मूल्याङ्कन गर्दै बहस गर्न केसीलाई सुझाए ।

Global Ime bank

केसीले खाँणविरुद्ध अभियोगपत्रमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने कार्यमा संलग्नता भएको पुष्टि हुने विषय नभएको भन्दै आफ्नो बहस सुरु गरेका थिए । उनले खाँणको राजनीतिक व्यक्तित्व सकाउन नै मिडियादेखि राज्य उनको विरुद्ध लागेको जिकिर लिए ।

केसीले उक्त वाक्य नसक्दै न्यायाधीश न्यौपानेले यस मुद्दाको वादी नै राज्य भएको केसीलाई बताए । “अभियोग नै राज्यले लगाएपछि, राज्य नै उहाँको विरुद्ध लागेकोमा दुईमत छ र ?,” उनले प्रश्न गरे ।

न्यायाधीशको प्रश्नमा समर्थन गर्दै उनले बहस अगाडि बढाए । उनले अभियुक्त बनाइएकाहरुले पनि खाँणका विरुद्ध कुनै बयान नदिएको, कहीँ–कतै नपोलेको, खाणविरुद्ध जाहेरी समेत नदिएको हुँदा लगाउनै नहुने मुद्दा लगाइएको दाबी गरे ।

त्यसपछि, केसीले प्रहरीसमक्ष गरेको खाँणको बयान पूरै पढेर सुनाए । न्यायाधीशले उक्त बयान आफूले पटक–पटक पढेको जानकारी दिए पनि केसीले आफ्नो पक्षको रक्षाको लागि उक्त बयान पढ्नैपर्ने भन्दै पढिरहे । उक्त बयानमा खाँणले कतै, कहीँ कसुर स्वीकार नगरेको केसीले बताए ।

केसीले फेरि कसैको जाहेरीमा नाम उल्लेख नभएका खाँणलाई जाहेरवालामध्येका प्रेमराज पन्थीको जाहेरीको पेटबोली (जाहेरीभित्रको विषयवस्तु)मा मात्र उल्लेख गर्दैमा मुद्दा चलाउन नमिल्ने तर्क गरे ।

त्यस्तै, केसीले सोधपुछ भएका गृहका कर्मचारीले पूर्वाग्राह राखेर उनीविरुद्धको बयान दिएको दाबी गरे । तर त्यसबाहेक कागज गरेका ७५ व्यक्तिले भने कहीँ कतै खाँणको नाम उल्लेख नगरेको केसीले बताए । केसीले ७५ जनाकै नाम टिप्न भन्दै न्यायाधीशले ७५ जनाको नाम सुनाउन माग गरे । न्यायाधीशले उक्त एक–एक व्यक्तिलाई आफूले चिन्ने बताए ।

तर, पनि केसीले विस्तारमा एक–एकको नाम उल्लेख गर्न थाले । उनले नाम भन्दै जाँदा कुनै कुनै व्यक्तिको पद समेत उल्लेख गरेका थिए । त्यहीक्रममा एक व्यक्तिको नाम लिँदै उनले यी व्यक्ति झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी भएको उनले बताए । त्यसमा न्यायाधीशले केसीलाई रोक्दै उनी सहायक प्रमुख जिल्ला अधिकारी भएको बताए ।

न्यायाधीशले आफूलाई मिसिलमा भएका प्रत्येक नाम कण्ठ भइसकेको इजलासमा बताए । “मैले मेरो ३० वर्षको करियरमा यति पटक, यति ठूलो मिसिल पढेकै थिइनँ होला,” उनले इजलासमै भने ।

न्यायाधीशले उनलाई बहस छोट्याउन भनिरहे । केसीले फेरि अभियोगपत्रको विषयमा प्रश्न उठाए । उनले अभियोगपत्र होलसेलमा जुन जुन मुद्दा देखिन्छ, सबै हालेको दाबी गरे । उनले न्यायाधीशतर्फ फर्किएर चर्को स्वरमा ‘यस्तो पनि अभियोग पत्र हुन्छ ?’ भन्दै प्रश्न गरे ।

उक्त भनाइको कटाक्ष गर्दै न्यायाधीशले केसीलाई ‘अभियोगपत्र मैले लेखेको हो र ?’ भने । न्यायाधीशले केसीलाई बारम्बार आफनो पक्षको कुरा मात्र राख्न र मुद्दामा सीमित हुन आग्रह गरे । केसीले लगभग एक घण्टाको बहसपछि खाँणलाई पूर्पक्षका लागि साधारण तारेखमा राख्न माग गरे ।

खाँणको तर्फबाट १० कानुन व्यवसायीले बहस गरेका छन् । ३४ जनाको वकालतनामा परेकोमा अझै २४ जनाको बहस बाँकी नै छ । तर न्यायाधीशले खाँणका कानुन व्यवसायीलाई बुधबार २ बजेसम्म आफ्नो बहस सकाउन आदेश दिएका छन् ।

गत आइतबारदेखि सुरु भएको थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट गत मंगलबारसम्म बहस भएको थियो । गत बुधबारदेखि सुरु भए अभियुक्तहरुको बहसमा अझै पाँच अभियुक्तको बहस बाँकी नै छ ।

न्यायाधीशले बहसको सुरु दिनमा नै आजसम्म अभियुक्तहरुको तर्फबाट बहस सकाउन भनेका थिए । तर, भोलि पनि बहस सकिने निश्चित छैन । अभियुक्तहरुको बहस सकिएसँगै सरकारी वकिलको तर्फबाट जवाफी बहस हुनेछ । जवाफी बहस सकिएमा इजलासले थुनछेक आदेश गरनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu