site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लेखकले पाउने पुरस्कार रकममा कर लगाउन हुँदैन : बैरागी काँइला
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा)ले लेखकहरूले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन् । 

मंगलबार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६औँ वार्षिकोत्सव कार्यक्रममा पूर्वकुलपति काँइलाले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र पुरस्कारमा भिन्नता रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले पुरस्कारमा कर लगाउनु उचित नभएको तर्क गरे । उनले लेखकले ५० वर्षपछि एकपटक पाउने पुरस्कारमा आयकर काटेर पुरुस्कार दिन नहुने बताए । 

सरकारले आयकर लगाउने नियमित आम्दानीमा भएको भन्दै पुरस्कारमा कर लगाउन नहुने उनको तर्क छ । उनले अहिलेसम्म आफूले पाएको पुरस्कारमा तोकेबमोजिम नै पुरस्कार पाएको भन्दै पुरस्कार दिने संस्थानहरूले अब विचार गर्नुपर्ने बताए ।

Global Ime bank

लेखकले लेखेको लेख कुनै पत्रिकाले छापेमा ३०० रुपैयाँ दिनुपर्नेमा १५ वा २५ प्रतिशत कर काट्ने गरेको उनको गुनासो छ । उनले यस अवस्थाबाट आम नेपाली लेखकहरू पीडित रहेको बताए । उनले नेपाली लेखकहरूले लेखेर ठूलो रकम पाउन सकिन्न भन्ने थाहा पाएर कतै गुनासो नगरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय