site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली शरणार्थी प्रकरणमा आज सन्दीप रायमाझीको मात्र बहस सकियो
सन्दीप रायमाझी ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार एकजना अभियुक्तको मात्र बहस सकिएको छ । आज एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपको मात्र बहस सकिएको हो ।

आजै अर्का अभियुक्त टेकनारायण पाण्डेको तर्फबाट कानुन व्यवसायीहरूले बहस थाले पनि सकिएन । भोलि पुनः पाण्डेका कानुन व्यवसायीले बहसलाई निरन्तरता दिने छन् । 

Dabur Nepal
NIC Asia

गत आइतबारबाट यस प्रकरणमा थुनछेक बहस भइरहेको छ । गत मंगलबारसम्म सरकारी वकिलको तर्फबाट आठजनाले बहस गरेका थिए । बुधबारबाट अभियुक्तहरूको तर्फबाट बहस सुरु भएको हो । हालसम्म जम्मा ९ अभियुक्तको तर्फबाट बहस सकिएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा जेठ १० गते ३० जनाविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ रकम लिएर ठगी गरेको आरोपमा ठगीको कसुरसहित किर्ते, राज्यविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro