site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साबलेन्का सेमिफाइनलमा, प्रतिद्वन्द्वीले हात मिलाउन मानेनन्

काठमाडौं । दोस्रो वरीयताप्राप्त बेलारुसकी आर्यना साबलेन्काले मंगलबार युक्रेनकी एलिना स्भितोलिनालाई हराउँदै फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएकी छिन् । खेलपछि हात मिलाउने प्रतिक्षामा बसेकी साबलेन्कासँग स्भितोलिनाले हात मिलाइनन् ।

२५ वर्षीया साबलेन्काले अब फाइनल प्रवेशका लागि चेक गणतन्त्रकी क्यारोलिना मुचोभासँग प्रतिस्पर्धा गर्नेछिन् । २६ वर्षीया पूर्वउपविजेता अनास्तासिया पाभल्युचेन्कोभालाई ७–५, ६–२ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् । उनी करियरमा पहिलोपटक ग्राण्डस्लामको सेमिफाइनलमा स्थान बनाउन सफल भएकी हुन् ।

गत वर्ष रुसले युक्रेनमा आक्रमण गरेपछि २८ वर्षीया स्भितोलिनाले रुस र बेलारुसका खेलाडीसँग हात नमिलाउने बताएकी थिइन् । स्भितोलिनाले भन्छिन्, “निष्पक्ष भन्नुपर्दा मलाई थाहा छैन उनी किन पर्खिरहेकी थिइन् ? किनभने हात मिलाउनेबारे मेरा भनाइहरू स्पष्ट थिए ।’’

Dabur Nepal
NIC Asia

खेल सकिएपछि साबलेन्का प्रतिद्वन्द्वीसँग हात मिलाउन नेटमा पर्र्खिरहेकी थिइन् । तर, स्भितोलिनाले अस्विकार गर्दै हात मिलाउन मानिनन् । त्यसपछि स्भितोलिनाले फ्रेन्च ओपनमा उपस्थित समर्थकले गिज्याएका थिए । साबलेन्काले स्भितोलिनालाई ६–४, ६–४ को स्कोरमा हराएकी थिइन् ।

रुस–युक्रेन युद्धबारे धारणा माग गर्दै पत्रकारले धेरै प्रश्न सोधेपछि साबलेन्काले यसअघि दुई पत्रकार सम्मेलन छाडेकी थिइन् । तर, उनले आज फेरि पत्रकारलाई सम्बोधन गरिन् ।

“मेरो देश कुनै पनि द्वन्द्वमा होस् भन्ने म चाहन्न । म युद्धलाई समर्थन गर्दिन,’’ सिजनको सुरुमै सम्पन्न अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल साबलेन्काले भनिन्, “युद्धलाई समर्थन गर्दिन भन्नुको मतलब म अहिले (बेलारुसका राष्ट्रपति) अलेक्जेन्डर लुकाशेन्कोलाई समर्थन गर्दिन ।’’

साबलेन्काले यसअघि पत्रकार सम्मलेन छाड्नुमा मानसिक स्वास्थ्यको कारण देखाएकी थिइन् । र उनले पत्रकार सम्मेलनमा युद्धका बारेमा पटकपटक प्रश्न उठाउँदा आफूले असुरक्षित महशुस गरेको बताएकी थिइन् । उनले पत्रकार सम्मेलन छाडेर नियम उल्लंघन गरेकोमा कुनै पछुतो नरहेको बताइन् ।

“यहाँ आउन नपाउँदा मलाई साँच्चै नराम्रो लाग्यो । म निदाउन सकिन । ती सबै नराम्रा भावनाहरू मेरो दिमागमा थिए,’’ सबलेन्काले भनिन्, “मलाई आफ्नो निर्णयमा पछुतो छैन । मैले वास्तवमै अपमानित महसुस गरें । साँच्चै नराम्रो महसुस गरें । मेरो मतलब ग्रान्ड स्लाममा यो दबाब चिर्न सक्नुपर्छ । मैले आफूलाई खेलमा ध्यान केन्द्रित गर्ने प्रयास गरें । आशा छ कि तपाईंहरूले मेरो भावना बुझ्नुहुनेछ । तपाईंलाई थाहा छ, तपाईंहरू सबैलाई म साँच्चिकै सम्मान गर्छु । म सधैं खुला छु । तपाईंले जे चाहनुहुन्छ सोध्न सक्नुहुन्छ । तपाईंले सबै जानकारी पाउनुहुनेछ । तर, पछिल्लो पत्रकार सम्मेलनलाई राजनीतिक टीभी कार्यक्रम बनेको महसुस भयो । र म राजनीतिमा विशेषज्ञ होइन । म केवल एक टेनिस खेलाडी हुँ ।’’

 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro