site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
जाहेरवालाका वकिलको माग : अभियुक्तले पोलेका व्यक्तिलाई अनुसन्धान गर्न इजलासबाटै आदेश होस्
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । जाहेरवालाका तर्फबाट प्रस्तुत भएका कानुन व्यवसायी अधिवक्ता हरिप्रसाद खरेलले अभियुक्तहरुले पोलेका व्यक्तिलाई इजलासबाटै अनुसन्धान गर्न आदेशको माग गर्दै बहस गरेका छन् ।

खरेलले भुटानी शरणार्थी प्रकरणको थुनछेक बहसको तेस्रो दिन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासलाई उक्त कानुनबमोजिम उक्त आदेश गर्न माग गरेका हुन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुली गरेको भन्दै ठगीसहित किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, एकीकृत कसुर र संगठित अपराधमा सजाय माग गर्दै मुद्दा दायर भएको छ ।

Dabur nepal
Agni Group

अधिवक्ता खरेलले तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तहरुलाई थुनामा राखी पूर्पक्ष गर्न माग गर्दै बहस गरेका थिए ।

बहसको क्रममा उनले जिल्ला अदालत काठमाडौंबाटै अर्को एक ठगी मुद्दाको (मुद्दा नं ०७८– सी१–००२३) इजलासलाई जानकारी दिँदै अभियुक्तहरुले पोलेका व्यक्तिलाई समेत पक्राउ र अनुसन्धान गर्न गराउन आदेश जारी गर्न माग गरेका थिए ।

“श्रीमान्, मुद्दा नम्बर ०७८–सी१–००२३ ठगी मुद्दामा अभियुक्तहरुले पोलेका व्यक्तिलाई इजलासबाट पक्राउ गर्न र अनुसन्धान गर्न आदेश भएको छ । यही आधारमा अभियुक्तमध्येका भुटानी शरणार्थीका नेता टेकनाथ रिजालले पोलेका तथा उच्च ओहोदामा रहेका व्यक्तिहरुलाई समेत पक्राउ गर्नु पर्दछ,” उनले दाबी गरे ।

अधिवक्ता खरेलले विभिन्न अभियुक्तहरुले अनुसन्धान अधिकृतको सामु तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अजयक्रान्ति शाक्यसहितका व्यक्तिहरुलाई पक्राउ गर्न इजलासले आदेश दिन सक्ने बताए ।

त्यस्तै, आरजु राणा, नैनकला थापा, मञ्जु खाँणलाई समेत पक्राउ गर्न आदेश दिन सक्ने बताए । उनले त्यतिमात्र नभएर टेकनाथ रिजालको बयानका आधारमा हाल बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतलाई भेट्न प्रयास गरेको तर उनले समय नमिल्ने भनि भेट्न नपाएको बताएको बयानलाई आधार मानी प्रचण्ड समेतलाई पक्राउको आदेश जारी हुनुपर्ने बताए ।

अधिवक्ता खरेलको उक्त बहसपछि न्यायाधीशले उनले उल्लेख गरेको मुद्दा नम्बर दोहोर्याएर माग गरे र सो विषयभन्दा पनि अहिले थुनछेक प्रयोजनको बहसमा केन्द्रित हुन बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro