site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ई–सिगरेट र हुक्का सेवन गर्दा हुनसक्छ यस्तो गम्भीर असर
Ghorahi CementGhorahi Cement

काठमाडौं । धेरै मानिसले ई–सिगरेट र हुक्का सेवन गर्ने गर्छन् । तर, सबै मानिसलाई यसले पुर्‍याउने असरबारे थाहा नहुन सक्छ । ई–सिगरेट र हुक्का पनि सुर्तीजन्य पदार्थ नै हो । यसको सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ई–सिगरेट के हो ?
मन्त्रालयका अनुसार ई–सिगरेट अर्थात् इलेक्ट्रोनिक सिगरेट ब्याट्रीबाट चल्ने एकप्रकारको धूमपान गर्ने उपकरण हो । प्रायजसो ई–सिगरेटमा निकोटिन हुन्छ ।

ई–सिगरेट सेवन गर्ने क्रममा यसभित्र राखिएको तरल पदार्थ तातिन्छ र धुवाँका रूपमा बाफ (ऐरोसोल) निस्कन्छ । यसैलाई धूमपान सेवनकर्ताले सेवन गर्ने गर्छन् । यस्ता ई–सिगरेटमा निकोटिन, विशेष किसिमका सुगन्ध, अरू मिसावट र हानिकारक रसायनहरू हुन्छन्, जसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

Agni Group

ई–सिगरेटहरू चुरोट, पेन, यूएसबी स्टिकजस्ता विभिन्न किसिमका आकार र डिजाइनमा पाइन्छ ।

हुक्का के हो ?
हुक्का पनि एकप्रकारको धूमपान गर्ने औजार हो, जसमा पानीको पाइपको माध्यमबाट सुर्तीलाई बलिरहेको कोइलाले तातो बनाई धुवाँ निकालेर सेवन गर्ने गरिन्छ । हुक्कामा सुर्तीको पातहरूको धुलो प्रयोग गरिन्छ । यो विभिन्न स्वाद वा सुगन्ध जस्तै, स्याउ, पुदिना, चकलेट, नरिवल, खरबुजा आदिमा पाइन्छ ।

Global Ime bank

जस्तोसुकै स्वादमा पाइए तापनि यो एकप्रकारको सुर्तीजन्य पदार्थ नै हो । कतैकतै हुक्कालाई सिसा पनि भनिन्छ ।

असर
ई–सिगरेटको सेवन गर्दा निस्कने धुवाँमा विभिन्न किसिमका विषाक्त पदार्थहरू हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार त्यसको सेवनले सेवन गर्ने व्यक्तिको स्वास्थ्यलगायत सेवन नगर्ने तर नजिकै बसेका अरू व्यक्तिहरूलाई समेत असर पुर्‍याउँछ ।

यसमा हुने निकोटिन भनिने रासायनिक तत्त्वले बालबालिका तथा किशोरकिशोरीको दिमागको विकासमा असर गर्छ । त्यसले भविष्यमा उनीहरूको पढाइमा समेत ध्यान केन्द्रित हुँदैन । यस्तै, उनीहरूमा चिन्ता बढ्ने, डर लाग्नेलगायत समस्या देखिन सक्छ । साथै, निकोटिनले गर्दा यस्ता सुर्तीजन्य पदार्थको लत बस्न सक्छ ।

हुक्काको प्रयोग हानिकारक
हुक्का सुर्तीजन्य पदार्थबाट बन्ने भएकाले यसको प्रयोग पनि हानिकारक हुन्छ । हुक्काको सेवन गर्दा कोइला वा चारकोलबाट निस्कने धुवाँमा हानिकारक तत्त्वहरू जस्तै, क्यान्सर गराउने तत्त्व, धातु र कार्बोनमोनोअक्साइड हुन्छन् । त्यसले मुटु र फोक्सोसम्बन्धी रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर आदि निम्त्याउन सक्छ ।

हुक्काबाट निस्कने सुर्तीको तरल पदार्थले मुखको क्यान्सर समेत गराउन सक्छ । हुक्काको सेवन गर्दा सेवन गर्ने व्यक्तिको स्वास्थ्यलगायत सेवन नगर्ने तर नजिकै बस्ने अरू व्यक्तिहरूलाई समेत असर गर्छ ।

सुर्तीमा पाइने निकोटिनजस्ता रासायनिक तत्त्व हुक्कामा पनि पाइन्छ । गर्भवती हुँदा महिलाले हुक्का सेवन गरेमा शिशु जन्मँदा कम तौलको जन्मने र त्यस्ता शिशुहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या हुने जोखिम धूमपान नगर्ने आमाको तुलनामा बढी हुने मन्त्रालयले जनाएको छ ।

ई–सिगरेट र हुक्काले पनि अरू सुर्तीजन्य पदार्थहरू जस्तै, चुरोट, बिँडी, सिगारजत्तिकै स्वास्थ्यमा असर गर्ने भएकाले यसको सेवन नगर्न मन्त्रालयले आग्रह गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC