
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा दिएको सीमासम्बन्धी अभिव्यक्तिका विषयमा आइतबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्ष दलका सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले उक्त विषयमा विरोध जनाए । आफ्नो आसनबाट उठेर उनीहरूले नागरिकता विधेयक तत्काल संसद्मा ल्याएर छलफल चलाउनुपर्ने माग गरे ।
आफ्नो अभिव्यक्तिका विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुपर्ने उनीहरूको अर्को माग छ । त्यसो नगरिएसम्म बैठक चल्न नदिने उनीहरूको अडान छ । सांसदहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित गरिएको छ ।
थप तस्बिर हेर्नोस्–