site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल एमेच्योर ओपनको उपाधि भारतका सुमितलाई, सुवास एक स्ट्रोकले पराजित  
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतका सुमित कोटवालले बुधबार नेपालका सुवाश तामाङलाई एक स्ट्रोकले पछि पार्दै नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । 

गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन १–अन्डर ७१ को स्कोर गरेका सुमितले समग्रमा १३–अन्डर २०३ को नतिजासहित उपाधि जितेका हुन् । पहिलो दिन अग्रता बनाउन सफल सुवासले २–अन्डर ७० को कार्डसहित समग्रमा १२–अन्डर २०४ को स्कोर गरेका थिए । 

युवा गल्फर सद्भाव आचार्यले दिनकै उत्कृष्ट ३–अन्डर ६९को स्कोर बनाए । समग्रमा १०–अन्डर २०६ स्कोर गरेका सद्भाव तेस्रो भए । भारतीय बरूण मुथाप्पाले इभन–पार ७२ मा खेल सकउँदै समग्रमा २–अन्डर २१४ स्कोर सहित चौथो स्थान हासिल गरे । 

दोस्रो दिनका लिडर भारतीय सुमितसँग अन्तिम १८ होलको सुरूआत गर्दा दुई स्ट्रोकको अग्रता थियो । सुमितले फ्रन्ट नाइन १–ओभर ३७ मा सकाए । पहिलो, तेस्रो र छैटौं होलमा एक–एक सट बचाए । तर दोस्रो, पाँचौ, सातौं र आठौं होलमा बोगी खेपे । यो स्कोरमा सुमितलाई सुवासले फ्रन्ट नाइनमा एक स्ट्रोकले पछिसमेत पारेका थिए । तर, यसपछि ब्याक नाइनमा सुमितले १२, १३, १४, १५औं होलमा बर्डीको सफलता प्राप्त गरे । १७ र १८औं होलमा एक–एक सटखेर फाले । ब्याक नाइन २–अन्डर ३४ मा पुरा गर्दै एक स्ट्रोकको जितका साथ च्याम्पियन बने ।  

टिम स्पर्धामा स्वर्ण पदक जितिसकेका सुवासले व्यक्तिगत स्पर्धा पनि स्वर्ण पदक जित्ने अपेक्षा गरिएको थियो । सोही अनुरूप फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए । चौथो, पाँचाैँ र छैटौं होलमा बर्डी प्रहार गरे भने सातौं होलमा एक सट खेर फाले । ब्याक नाइनमा सुवासले लय गुमाए । १२औं होलमा एक सट बचाए । तर, १७औं होलमा डबल बोगीको सामना गरे । यो नै हारको कारण बन्यो । यसपछि १८औं होलमा बर्डी प्रहार गरे र ब्याक नाइन इभन पार ३६मा सकाउँदै दोस्रो स्थानमा चित्त बुझाए ।  

सद्भावले फ्रन्ट नाइन ३–अन्डर ३३ मा पूरा गरे । पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं होलमा बोगी खेपे । तर, ५–पारको सातौं होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १५औं होलको बर्डी र १८औं होलको बोगीले ब्याक नाइन इभन–पार ३६ मा सकाए ।  

समग्रमा १–ओभर २१७ सहित भुटानका उगेन दोर्जी र नेपालका टासी छिरिङ संयुक्तरुपमा पाँचौ भए । समग्रमा ३–ओभर २१८ को स्कोरमा नेपालका वाङचेन ढोन्डुप सातौं हुँदा बंगलादेशका मोहम्मद सुमोन आठौं भए । उनीहरूले समग्रमा ३–ओभर २१८ स्कोर गरे । त्यसैगरी समग्रमा १०–ओभर २२६ सहित भारतका सुरज जोशी, बंगलादेशका सफिकुल इस्लाम र पाकिस्तानका उमैर सलिमले संयुक्तरुपमा १०औं स्थान बाँडे । 

महिलातर्फ कश्मीरा शाहले उपाधि जितिन् । अन्तिम दिन ४–ओभर ७६ को स्कोरसहित समग्रमा १८–ओभर २३४ स्कोर गरेकी कश्मीराले पाँच स्ट्रोकको अग्रता बनाउँदै उपाधि जितिन् । सुष्मा सिग्देल दोस्रो भइन् । ६–ओभर ७८सहित समग्रमा २३–ओभर २३९ को स्कोर गरिन् । आईन्स्टिना टण्डनले तेस्रो स्थान हात पारिन् ।  

प्रतियोगिताको टिमतर्फ नेपालले स्वर्ण, भारतले रजत र भुटानले कास्य पदक प्राप्त गरे । यो प्रतियोगितामा सुवासले एक स्वर्ण र एक रजत तथा सद्भावले दुई रजत पदक जिते । 

नेपाल गल्फ संघ र नेपालटुरिजम बोर्डको सम्युक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro