site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही भागमा आज वर्षा र हावाहुरीको सम्भावना रहेको छ । दिउँसो र राति देशका केही भू–भागमा हावाहुरी र वर्षाको सम्भावना रहेको हो । 

त्यसअघि आज बिहान कोसी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी, वाग्मती र कोसी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

Global Ime bank

आज राति कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।

हाल देशमा पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement