site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणतन्त्र दिवस राजा–महाराजाको जन्मदिन मनाएको जस्तो होइन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको बताएकी छन् । सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन् । 

सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउनका लागि सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको जानकारी  दिइन् ।

Argakhachi Cement Island Ad

उनले व्यक्तिले गरेको गल्तीको दोष राज्य सञ्चालन प्रणालीलाई दिइनु गलत भएको भन्दै पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिंगो गणतन्त्रलाई नै बदनाम गराउने कार्यप्रति असहमति जनाइन् ।

मन्त्री शर्माले प्रविधिको विकासलगायत कारणले रेडियो, टेलिभिजन र छापा माध्यमकै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै उनले आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामग्री उत्पादन गर्न सके रेडियो, टेलिभिजन र छापा माध्यमको भविष्य सधैँ उज्यालो रहेको बताइन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्