site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
३६ अर्ब ऋण तिर्नुपर्ने वायुसेवा निगमको सम्पत्ति करिब आठ अर्बले ऋणात्मक
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को खुद सम्पत्ति सात अर्ब ऋणात्मक रहेको छ ।

आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति’अनुसार निगमको खुद सम्पत्ति सात अर्ब ८४ करोड १५ लाख ५२ हजार ७६४ रुपैयाँ ऋणात्मक रहेको छ ।

मन्त्रालयको तथ्यांकअनुसार निगमको दीर्घकालीन ऋण ३६ अर्ब तीन करोड ९२ लाख ३६ हजार ३२४ रुपैयाँ पुगेको छ । अल्पकालीन ऋण ४८ करोड ५८ हजार ६३ हजार ८२ रुपैयाँ रहेको छ ।

निगमको कुल सञ्चालन आय १६ अर्ब ४२ करोड १६ लाख ७९ हजार २१६ रुपैयाँ रहेको छ । कुल सञ्चालन लागत १८ अर्ब ३६ करोड सात लाख २४ हजार २६५ रुपैयाँ रहेको छ ।

निगमको गत आर्थिक वर्ष २०७८/७९ को खुद नोक्सान एक अर्ब ७० करोड ३० लाख ६८ हजार रुपैयाँ रहेको छ । २०७८/०७९ सम्मको सञ्चित नोक्सान १५ अर्ब ४७ करोड ९० लाख रुपैयाँ रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

निगमको नेपाल सरकारलाई बुझाउनु पर्ने ऋण तीन अर्ब ६० करोड ९८ हजार रुपैयाँ र ब्याज रकम नौ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

यस्तै, निगम बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने ऋणको साँवा रकम ३३ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ र ब्याज रकम तीन अर्ब २५ करोड ३१ लाख रुपैयाँ रहेका छ ।

नेपाल सरकारलाई तिर्न बाँकी राजस्व रकम एक करोड ६१ लाख ५७ हजार २५२ रुपैयाँ रहेको छ । निगमले ६१ लाख लगानी गरेको छ ।

निगममा अहिले कुल एक हजार ३६३ जना कर्मचारी रहेका छन् । जसमा स्थायी ८३६ जना, अस्थायी २२७ र करार २७३ जना कर्मचारी रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro