site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुवास नेम्वाङले भने– सुनको कि पित्तलको जलहरी भन्ने ‘दूधको दूध, पानीको पानी’ गरौँ

काठमाडौं । नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ । जेठ १० गतेको संसद्मा दाहालले पशुपतिनाथको मन्दिरमा सुनको जलप लगाउन पर्नेमा पित्तलको लगाएको आरोप लगाएको भन्दै एमालेले संसद्मा विरोध गरिरहेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति संसद्को रोष्टमबाट दिइएको बताए । भने, “कुनै हालतमा सदन रोकिनुहुँदैन भन्नेमा प्रष्ट छौँ । सत्तापक्षबाट जिम्मेवार सांसदले जे कुुरा राख्नुभयो, त्यो गैरजिम्मेवार छ ।”

उनले पशुपतिमा सुनको जलहरी लगाउनुपर्नेमा पित्तलको जलहरी लगाउँदा दलको नेताले भ्रष्टाचार गरेको आरोप लगाएको अडियो आफूले घरिघरि सुनेको बताए । “प्रमुख प्रतिपक्षीमाथि आरोप लगाएर भन्नुभयो । मलाई विश्वास लागेन । मैले घरीघरी सुनेँ । तीनपटक सुनेँ,” उनले भने ।

उनले प्रमुख प्रतिपक्षी भएकाले वेटिङ गभर्मेन्टको नेतामाथि आरोप लगाइएको बताए । यस्तो आरोप सत्तापक्षले लगाएको भन्दै आरोप टाउकोमा बोकेर प्रक्रियामा कसरी भाग लिन सक्छौँ भन्दै प्रश्न गरे ।

“दूधको दूध, पानीको पानी होस् । यो कुरालाई टुंगोमा पुर्याउँ,” उनले भने ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro