site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नवनियुक्त दुईमन्त्रीको शपथ आज 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा मंगलबार नियुक्त दुईमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति भवन शीतलनिवासमा उनीहरुले बिहान साढे ९ बजे शपथ लिने कार्यक्रम रहेको छ । 

मंगलबार प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपा सांसद वीरेन्द्र महतोलाई वन तथा भू–संरक्षण र प्रमिला कुमारीलार्ई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गरेका थिए । 

Argakhachi Cement Island Ad

महतो प्रतिनिधिसभा सदस्य र प्रमिला राष्ट्रियसभा सदस्य हुन् । प्रमिला कुमारीलाई जसपाले उपराष्ट्रपतिमा रासहायप्रसाद यादवको उमेदवारी रहने/नरहने विवाद भएपछि ‘प्रोक्सी’ उमेदवार समेत बनाएको थियो ।

११औँपटक मन्त्रिपरिषद् पुनर्गठन, प्रचण्ड सरकारले पायो पूर्णता 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्