site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनयुद्धबारे एमालेका भट्टराईलाई माओवादीका पौडेलले सदनमै दिए जवाफ
फाइल तस्बिर।

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले जनयुद्ध शब्दको विरोध गरेका सांसद योगेश भट्टराईलाई जवाफ फर्काएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०÷०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद भट्टराईले जनयुद्ध शब्द नीति कार्यक्रममा परेको भन्दै विरोध गरेका थिए । 

Dabur Nepal
NIC Asia

भट्टराईपछि बोलेका पौडेलले परिवर्तनका आन्दोलनलाई सम्मान गर्न सिक्न अनुरोध गरे । उनले जनताको छोराछोरी लडेको जनयुद्धले अहिलेको परिवर्तन सम्भव भएको भन्दै वृहत् १२ बुँदे सम्झौता नभुल्न पनि अनुरोध गरे ।

भर्खरै बोल्ने मान्यज्यूले केही विषय उठाएर जानुभयो जनयुद्धको बारेमा । मान्यज्यूलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु,” उनले भने, “माछा युद्ध थियो, भालु युद्ध थियो, जङ्गलका अर्नाहरू लडेका थिए कि रूख, ढुंगाहरू लडेका थिए ? मान्यजी डिक्सनरी पल्टाएर हेर्नुहोला ।”

उनले मानिसले लडेको युद्धलाई जनआन्दोलन वा जनयुद्ध भनिने भन्दै उनले मानिसका छोराहरू युद्धमा लडेको बताए ।

“बिर्सिनुभयो वृहत शान्ति सम्झौता ? तपाईंको नेताले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेको बिर्सनुभयो मान्यज्यू ?,” उनले थपे, “नेपाली जनतालाई सार्वभौम बनाउनका निम्ती, संविधासभाबाट संविधान बनाउनका निम्ती जनयुद्ध लडिएको थियो । म हजारपटक आँखा जुधाएर बहस गर्न तयार छु, आउनुहोस् बहस गर्न । नेपाली जनताले एकात्मक शाहवंशीय राजन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन लडाइँ लडिएको थियो । इतिहासलाई नबिर्सौँ । यो रोष्टममा आएर कटाक्ष गर्नुभन्दा मिलेर जाने कुरा गरौँ ।”

अहिले धनगढीमा नागरिक अभिनन्दनबाट राजतन्त्र फर्काउने कुरा चलिरहेको भन्दै त्यहाँ गएर बहस गर्न आफूहरू संसद्मा सहकार्य गर्न तयार भएको बताए । अहिले गणतन्त्रलाई सहकार्यबाट जोगाउनुपर्ने अवस्था भएको भन्दै विगतका सबै आन्दोलनको सम्मान गर्न सिक्न पनि उनले भट्टराईलाई अनुरोध गरे ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro