site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा छ : मन्त्री बस्नेत
फाइल तस्बिर।

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको बिस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऊर्जामा सबैको सहभागिताको सुनिश्चितता र ऊर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे । विद्युतीय सामग्रीहरुको प्रयोगले वातावरण स्वच्छ हुने बताउँदै उनले विद्युतीय सवारीसाधनको बिस्तारका लागि चार्जिङ स्टेसन वृद्धि गर्न आवश्यक रहेको र सरकार त्यसमा प्रतिवद्ध रहेको बताए ।

Argakhachi Cement Island Ad

“देशभर चार्जिङ स्टेसन वृद्धि गर्न आवश्यक छ । यसलाई बिस्तार गर्ने, विद्युतीय यातायात बिस्तार गर्ने कुरा सरकारको प्राथमिकतामा छ,” उनले भने, “काठमाडौं उपत्यकालगायतका मुख्य सहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा चर्चामा छौँ, यसलाई सञ्चालनमा ल्याउने कुरामा सरकार प्राथमिकताका साथ सोचिरहेको छ ।”

मन्त्री बस्नेतले काठमाडौं उपत्यकालगायतका मुख्य सहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरीरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्