site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
दुई वर्षदेखि कागजमा चिठीपत्र नलेखेको सूचना प्रविधि विभाग
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । सरकारले सञ्चालनमा ल्याएको ‘एकीकृत कार्यालय व्यवस्थापन प्रणाली’ ६२ वटा सरकारी कार्यालयमा पुगेको छ । करिब दुई वर्ष अघि २०७८ सालमा सञ्चालनमा आएको यो प्रणाली २३ वटा कार्यालयमा भने सक्रियरूपमा सञ्चालनमा छ । 

सरकारी निकायबाट सम्पादन हुने कार्यलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, मितव्ययी, पारदर्शी र प्रभावकारी कार्यसम्पादन गर्न यसको विकास गरिएको हो । कागजरहित (पेपरलेस) सरकारको अवधारणालाई सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (गर्भमेन्ट इन्टिग्रेटेड अफिस म्यानेजमेन्ट सिस्टम– जीआईओएमएस)ले साथ दिएको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले एकीकृत कार्यालय व्यस्थापन प्रणाली विकास गरेको थियो । डिजिटल नेपाल फ्रेमवर्कको एक पहलमा यो प्रणाली रहेको छ ।

Agni Group

“२३ वटा निकायमा सक्रिय रूपमा सञ्चालनमा रहेको छ । ६२ वटा निकायले तालिमसमेत लिएर सञ्चालनका लागि सेटअप गरेका छन्,” विभागका निर्देशक एवं प्रवक्ता लोकराज शर्माले भने । 

के–के कामका लागि कति प्रयोग भयो ?
२०८० को जेठ २ गतेसम्म यो प्रणालीमा ६२ हजार ८७९ वटा चिठी दर्ता भएका छन् । यो एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा जोडिएका कुनै एक कार्यालयले अर्काेलाई पठाएका चिठीहरूको संख्या हो । यीमध्ये ३ हजार ९८८ वटा चिठी यसबाटै दर्ता भएका हुन् । मान्छेले कागजमा लेखेर लगेर यो सिस्टममा दर्ता भएका चिठीहरूको संख्या बाँकी करिब ५८ हजार रहेको छ ।

Global Ime bank

यो प्रणालीबाटै चिठी टाइप गरेर एकअर्काे कार्यालयमा पठाइएका स्वीकृत भएका चिठीको संख्या १३ हजार ९१७ रहेको छ । यसबाट २ हजार ६४ वटा टिप्पणी अथवा अफिसभित्र हुने निर्णयहरू भएका छन् ।

हालसम्म ८ हजार ८०९ वटा बिदा कर्मचारीहरूले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीबाटै मागेर स्वीकृत भएको छ । यसबैबाट ४ हजार ९६ वटा काज मागेर स्वीकृत भएको छ ।

किन आवश्यक ?
यो प्रणालीले सरकारी कार्यालयहरूको कामलाई छिटो र पादर्शी बनाउने विभागका निर्देशक शर्माको भनाइ छ । “कुनै निर्णय गर्न एक कर्मचारीले टिप्पणी उठाउँदा निर्णय गर्नुपर्ने कर्मचारीकोमा तुरुन्तै नोटिफिकेसन जान्छ । त्यो व्यक्तिले निर्णय कति ढिला गर्याे, टिप्पणी देखेर पनि निर्णय गर्याे कि गरेन भन्ने सबै कुरा सिस्टममा देख्न सकिन्छ । यसले कामलाई छिटो, छरितो र पारदर्शी बनाउँछ,” उनले भने ।

यो प्रणालीमा कसलै दराजभित्र टिप्पणी लुकाएर राख्न नसक्ने र सबै देखिने उनको भनाइ छ । कसकोमा कति मिनेट रोकियो, कसले कति छिटो काम गर्याे सबै पारदर्शी हुने उनी बताउँछन् । 

यो प्रणाली प्रयोग गर्दै सरकारी निकायले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा, काज स्वीकृत, अभिलेख व्यवस्थापनलगायतका कार्य गर्न सक्नेछन् ।

121684371233.JPG

‘दुई वर्ष भयो कागजमा चिठी लेखेका छैनौं’
यो प्रणाली सञ्चालनमा आएदेखि (करिब २ वर्षयता) कुनै पनि निर्णय र कुनै पनि चिठी कागजबाट नलेखिएको/नकाटिएको विभागको भनाइ छ । “गएको करिब दुई वर्षमा सूचना प्रविधि विभागमा कुनै पनि निर्णय, कुनै पनि चिठीबाट भएको छैन, सबै यसैबाट भएको छ,” निर्देशक शर्माले भने ।

त्यस्ता निर्णय र चिठ्ठी सम्बन्धित व्यक्तिको आधिकारिकता पुष्टि गर्न डिजिटल हस्ताक्षरको प्रयोग गरिएको उनले बताए । नेपालमा विद्युतीय कारोबार ऐनले डिजिटल सिग्नेचरलाई वैधानिकता दिएको छ ।

एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा जोडिएका ६२ कार्यालयलाई कुनै पनि चिठी पठाउन परे यसैबाट पठाइन्छ ।
ती बाहेकका लागि भने प्रणालीमा तयार पारिएको चिठी प्रिन्ट गरेर पठाइने गरेको उनले बताए ।

कस्ता सरकारी कार्यालयले प्रयोग गर्न सक्छन् ?
सिंहदरबारका सरकारी कार्यालयदेखि गाउँपालिका, वडासम्मका सबै सरकारी कार्यालयले यो प्रणालीको प्रयोग गर्न सक्ने विभागको भनाइ छ । “पछिल्लो समय भक्तपुरको मध्यपुर ठिमी नगरपालिका यसमा जोडिएको छ । परीक्षण गरेर सबै ‘सेटअप’ गरेर कार्यान्वयनमा ल्याउने तयारीमा छ,” विभागका निर्देशक शर्माले भने ।

सबै सरकारी निकायमा पुग्न किन भयो ढिलो ?
दुई वर्षसम्म ६२ वटा कार्यालयमा मात्रै पुग्नुले यो प्रणाली अपनाउन ढिलाइ भइरहेको देखिन्छ । अहिले पहिलो चरणमा सिंहदरबार र संघीय कार्यालयहरूमा यो प्रणालीको प्रयोग भएको निर्देशक शर्माको भनाइ छ । यी कार्यालयहरू पछि दोस्रो चरणमा स्थानीय तहमा जाने उनले बताए । तर, स्थानीय तहका केही कार्यालयहरूमा अहिले पनि तालिम भने दिइरहेको उनले जानकारी दिए ।  
“अहिले हामीले करिब ६० वटा निकायलाई तालिम दिएका छौं । अन्य कार्यालयलाई पनि यसको प्रयोगका लागि भनिरहेका छौं,”  उनले भने ।

यो सिस्टमम बनाउन करिब ७० लाख रुपैयाँ लगानी गरेको विभागले बताएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu