site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
मन्त्री शर्माको प्रश्न– प्रविधिको बढ्दो प्रयोग, घट्दो राजस्व, ‘कन्ट्राडिसन’ कहाँनिरको हो ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवा प्रदायक संस्थालाई स्वच्छ प्रतिस्पर्धाका साथ काम गर्न निर्देशन दिएकी छन् ।

दूरसञ्चार क्षेत्रको प्रयोग बढिरहने तर राजस्व घटिरहने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुने गरी काम गर्न उनले सेवा प्रदायक संस्थालाई सचेत गराएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले लक्ष्य निर्धारण गर्न र सोहीअनुसारको कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

मन्त्री शर्माले दूरसञ्चार क्षेत्रमा देखिएका समस्याका समाधानका लागि सम्बन्धित निकायहरूबीच व्यापक छलफल गरेर अघि बढ्नुपर्ने पनि बताइन् । नेपाल दूरसञ्चार प्राधिकरणलाई नियामक निकायका रूपमा रहेर आफ्नो काममा ध्यान दिन उनले सचेत गराइन् ।

Global Ime bank

सूचना, प्रविधको विकासमा लगानी बढाउन र बाह्य लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरिन् ।

“प्रविधिको क्षेत्रको बढ्दो प्रयोग, घट्दो राजस्व । यहाँनिरको कन्ट्राडिसन (मतभेद) कहाँनिरको हो ? यहाँको समस्या कहाँको हो ? यसलाई व्यापक रूपमा छलफल गरेर यसका निम्ति गर्नुपर्ने आवश्यक सहकार्य गरौँ । सबैले आपसमा सहयोग गरौँ । तैँले गरिनस, मैले मात्रै गरेँ भन्ने कुरा पनि नराखौँ । हाम्रा जति पनि सरकारी निकायहरू छौँ, ती सबै निकायहरूले आ–आफ्नो काममा विशेष केन्द्रित बनौँ,” उनले भनिन्, “म फेरि पनि दोहोर्‍याएर के आग्रह गर्न चाहन्छु भने, हामी जब लक्ष्य निर्धारण गर्दैनौँ । त्यो लक्ष्यमा पुग्ने कार्यक्रम निर्धारण गर्दैनौँ । त्यसपछि भैपरी आउने काम मात्रै गर्‍यौँ भने लक्ष्यमा पुग्न कहिल्यै पनि सकिँदैन । त्यसैले हाम्रो, मासिक, अर्धवार्षिक, वार्षिक, दुई वार्षिक यस्ताखालको लक्ष्यहरू निर्धारण गरौँ । र, त्यो लक्ष्यमा पुग्नका निम्ति आवश्यक काम, आवश्यक क्रियाकलाप, आवश्यक नीति, कानुन कसरी बनाउने भन्ने विषयमा पनि विशेष ध्यान दिऊँ । त्यसमा नियामक निकाय भएको नाताले दूरसञ्चार प्राधिकरणसँग पनि आग्रह गर्न चाहन्छु– त्यो लक्ष्यमा पुग्न निम्ति यहाँहरूले नियमित फलो गरिदिनुस् । र, सेवा प्रदायक संस्थाहरूको बीचमा स्वच्छ प्रतिस्पर्धाका लागि अघि बढाउने कोसिस गरौँ ।”

मन्त्री शर्माले दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउने काममा विशेष ध्यान दिन सम्बन्धित निकाय लाग्नुपर्ने बताइन् । नेपाल टेलिकमले भारत, चीनलगायत छिमेकी मुलुकबाट सिकेर यस क्षेत्रको विकासमा काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय