site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्वाह भत्ता नपाएको भन्दै वीर अस्पतालका आवासीय चिकित्सक आन्दोलित 
फाइल तस्बिर ।

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतका आवासीय चिकित्सकले आजदेखि वीर अस्पतालमा आन्दोलन सुरु गरेका छन् । बुधबार चिकित्सकले हातमा कालो पट्टी बाँधेर सेवा दिइरहेका छन् ।

चिकित्सकले बिहीबार एक घण्टा र शुक्रबार दुई घण्टा सबै काम छाडेर अस्पताल परिसरमा धर्ना दिने बताएका छन् ।

शनिबारसम्म पनि आफ्ना माग सम्बोधन नभए आइतबारदेखि अस्पतालका कुनै पनि सेवामा संलग्न नहुने रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले जनाएको छ ।

न्याम्समा अध्ययन गरी विभिन्न अस्पतालमा कार्यरत ४३८ आवासीय चिकित्सकले फागुनयताको निर्वाह भत्ता नपाएकाले आन्दोलनका कार्यक्रम घोषण गर्नुपरेको एसोसिएसनका अध्यक्ष शेषराज घिमिरेले बताए ।

आवासीय चिकित्सकको निर्वाह भत्ता चिकित्सा शिक्षा आयोगबाटै नआएका कारण भुक्तानीमा समस्या भएको वीर अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडेल बताउँछन् ।

एमडी, एमएस र एमडीएस अध्ययनरत आवासीय चिकित्सकले मासिक निर्वाह भत्ताका रूपमा आठौँ तहबराबर ४८ हजार ७ ३७ र डीएम, एमसीएच अध्ययन गरिरहेकाहरूले नवौँ तहबराबर ५६ हजार ७८७ रुपैयाँ पाउने व्यवस्था छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro