site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीर अस्पतालको अनलाइन सिष्टम डाउन, ओपीडी काउण्टर अस्तव्यस्त 

काठमाडौं । वीर अस्पतालको अनलाइन सिष्टममा समस्या आएपछि ओपीडी टिकट काउण्टर अस्तव्यस्त बनेको छ । आधा घण्टाअघि सिष्टमले काम नगरेपछि अनलाइनमार्फत् हुने काम रोकिएका छन् । अस्पतालका प्रशासन प्रमुख सागर मिश्रले विद्युत् सेवा काटिएको र जेनेरेटरले तत्काल काम नगरेपछि समस्या आएको जानकारी दिए । 

“लाइन गयो, जेनेरेटरले काम नगरेपछि कम्प्युटरमार्फत् काम हुन सकिरहेको छैन । यो ठूलो समस्या होइन, हामी छिट्टै बनाइहाल्छौँ,” मिश्रले भने । 

अनलाइन माध्यमबाट काम नभएपछि ओपीडीमा आउने बिरामीलाई कार्डमा विवरण नराखी सम्बन्धित ओपीडीको छाप लगाउँदै पठाउँदै गरिएको छ ।  वीरमा यसअघि गतवर्ष जेठमा पनि सर्भर डाउन हुँदा दुई दिनसम्म सेवा प्रभावित भएको थियो । 

तस्बिरमा हेर्नोस् वीर अस्पतालको ओपीडी काउन्टर –

received_9369935475110561684130826.jpeg

received_7718434843143551684130826.jpeg

received_7628140086528841684130822.jpeg

received_9115713099009751684130822.jpeg

received_7722286612116691684130819.jpeg

received_15132711190811951684130819.jpeg

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro