site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले भिष्मराजलाई बाहिर पठाएर गगन–विश्वसँग के भने ?

काठमाडौं । शुक्रबार नेपाली कांग्रेसका तीन पदाधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । 

देशभर गठबन्धनका सरकार बने पनि कोशी प्रदेशमा गठबन्धनको सरकार नबनेपछि कांग्रेस नेतृत्वले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई प्रधानमन्त्रीसँग वार्ता गर्ने जिम्मा दिएको थियो । 

कांग्रेसको नेतृत्वमा सरकार बन्नेगरी भागबण्डा गरे पनि एमालेको सरकार नै निरन्तर भएपछि माअ‍ोवादी केन्द्रलाई स्पष्ट हुन आग्रह गर्ने समझदारी नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सझदारी भएको थियो । त्यसअनुरुप महमान्त्रीद्वयसहित सहमहामन्त्री आङदेम्बे बालुवाटार पुगेका थिए । 

गठबन्धन बनाएर अन्य प्रदेशमा सहमतिअनुसार सरकार बने पनि कोसी प्रदेशमा सरकार परिवर्तन हुन नसकेको विषयमा कांग्रेस पदाधिकारीले कुरा राखेका थिए ।  त्यसमा प्रधानमन्त्री दाहालले प्रदेश कमिटी र प्रदेशको संसदीय दलका नेताहरुसँग छलफल गरेर छिट्टै पुनः छलफल गर्ने भनेर बैठक छोट्याएका थिए । 

त्यसपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि छलफल भएको थियो ।  तीन पदाधिकारीलाई प्रधानमन्त्री दाहालले साथ पाए अर्को ठूलो फाइल खोल्न तयार रहेको बताएका थिए । नक्कली भूटानी शरणार्थी प्रकरणमा आफू पछि नहट्ने बताएका प्रधानमन्त्रीले कुरा छोट्याएपछि पदाधिकारी बिदा हुने क्रममा थिए । 

त्यसक्रममा आङदेम्बे बाहिरिएपछि महामन्त्रीद्वयलाई भने प्रधानमन्त्रीले केहीबेर बस्न भनेका थिए ।  महामन्त्रीद्वयलाई प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसको पोजिसन के हुन्छ भनेर चासो राखेको स्रोतले जनाएको छ । 

“नेपाली कांग्रेसमा महामन्त्रीहरुले नक्कली भुटानी शरणर्थी प्रकरणमा सकारात्मक टिप्पणी गर्दै आउनुभएको छ । संसदमा पनि गगन थापाको सरकारलाई अघि बढ्न हौसला दिने टिप्पणी थियो,” प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बाह्रखरीसँग भने, “उहाँहरुले आजको भेटमा पनि खुट्टा नकमाउनुस् भन्नुभएको छ ।” 

ती सदस्यका अनुुसार कांग्रेस संगठित ठगीमा संलग्नहरुको संरक्षणमा नउभिने भन्दै व्यक्तिगत रुपमा कसैले भन्छ भने त्यस्ता विषय बेवास्ता गरे अघि बढन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १८:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro