site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काबुभन्दा बाहिरको परिस्थितिले नक्कली भुटानी शरणार्थी प्रकरण बाहिर आयो, खुसी छु : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण धेरै मानिस ठगिएर काबुबाहिरको परिस्थिति उत्पन्न भएपछि सार्वजनिक भएको बताएका छन् ।

बिहीबार केन्द्रीय कमिटी बैठकका लागि ओली पार्टी कार्यालय च्यासल पुगेका छन् । कार्यालयमा प्रवेश गर्नुअघि दिएको संक्षिप्त प्रतिक्रियामा उनले यस्तो बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरिँदा असन्तुष्ट हुँदै उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउन पुगेका थिए । आज भने सो प्रकरण सार्वजनिक भएकामा आफूलाई खुसी लागेको बताए ।

“एक ढंगले सार्है ठूलो ढंगमा ठगी भएपछि नियन्त्रणबाहिरको परिस्थितिमा यो प्रकरण बाहिर आएको हो,” ओलीले भने, “म त यो प्रकरण अघि बढेकोमा खुसी छु ।”

Global Ime bank

ठूलठूला नाम पनि जोडिँदै छन् नि ? भन्ने प्रश्नमा उनले दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताए ।

“त्यसमा मेरो भन्नु केही छैन, दोषी छुट्नु हुँदैन, निर्दोष फस्नु हुँदैन,” उनले भने ।

प्रधानमन्त्रीले भनेको ‘फिल्म’ कस्तो रहेछ ? भन्ने प्रश्नमा उनले त्यो देखाउँछु भन्नेलाई सोध्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement