site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी बनाउने र विदेश पठाउनेविरुद्धको कारबाही रोकिँदैन : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले पनि आफूमाथि दबाब नदिएको बताएका छन् ।

शीर्ष नेताको बैठकमा भाग लिएर बाहिरिने क्रममा मन्त्री श्रेष्ठले कोही पनि निर्देष नफस्ने र दोषी नउम्कने बताए । उनले सुशासनको अभाव र भ्रष्टाचारले समृद्धि प्राप्त हुन नदिने भन्दै त्यसका लागि सरकारले काम गरिरहेको बताए ।

Dabur Nepal
NIC Asia

“यो सरकार समृद्धिको पक्षमा छ, सामाजिक न्यायको पक्षमा छ । भ्रष्टाचार नियन्त्रण र सुशासनबिना समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” श्रेष्ठले भने, “त्यसैका आधारमा हामी काम गर्दै छौँ ।”

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा त्यही काम सरकारले सुरुआत गरेको बताए ।

“अहिले नक्कली भुटानी शरणार्थी बनाउने र आर्थिक लाभका लागि संगठित रुपमा ठगी भएको छ । त्यसमा हामी काम गरिरहेका छौँ,” श्रेष्ठले भने, “अनुसन्धान गरिरहेको छौँ । दोषी कोही उम्कँदैन, निर्दोष कोही फस्दैनन् ।”

उनले शीर्ष नेताहरुको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा छलफल पनि नभएको बताए ।

“आजको शीर्ष तहको बैठक संसद्मा रहेका विधेयकहरु अघि बढाउने र राष्ट्रिय विषयहरुमा सत्तापक्ष र प्रतिपक्ष समझदारीमा अघि बढ्ने विषयमा छलफल भएको रहेछ,” श्रेष्ठले भने, “मैले प्रमुख प्रतिपक्षी दलका नेता आदरणीय केपी शर्मा ओलीसँग मैले बालकोटमा गएर भेटेको पनि शरणार्थी प्रकरणबारे होइन । उहाँमाथि पूर्वमा भएको आक्रमण भएको विषयमा क्ुराकानी भएको हो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro