site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाँण पक्राउ परेपछि कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले भने– डेमोक्रेसी सिध्याउने खेल हुँदै छ

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले लोकतन्त्र नै समाप्त पार्ने खेल सुरु भएको बताएका छन् । 

बालकृष्ण खाँणको पक्राउ पुर्जीका लागि प्रहरीले काठमाडौं जिल्ला अदालत लगेका बेला त्यहीँ पुगेका यादवले एउटा प्रकरण देखाएर लोकतन्त्रमाथि नै आक्रमण भएको बताए ।

खाँण पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणनिकट नेताहरुसँग निवासमा छलफल गरेका थिए । त्यस विषयमा जिज्ञासा राख्दा सहमहामन्त्री यादवले लोकतन्त्रमै आक्रमण भएका बेला सभापतिले छलफल गर्ने कुरा सामान्य भएको बताए ।

“डेमोक्रेसी सिध्याउने खेल भइरहेको छ । यस्तो बेला सभापति देउवाले के भन्नुहुन्छ, त्यो सामान्य कुरा भयो,” सहमहामन्त्री यादवले बाह्रखरीसँग भने, “राजा र पञ्चायतसँग बालकृष्ण खाँण पैसा कमाउन लडेको हो ?” 

उनले को पक्राउ प¥यो भनेर हेडलाइन बनाउने मिडिया पनि जोखिममा रहेको बताए ।

“यो शैलीले अघि बढ्यो भने मिडिया पनि रहनेवाला छैन,” यादवले आक्रोशित हुँदै भने, “लेख्नुस्, यो डेमोक्रेसी माथिको आक्रमण हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro