site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यौन दुर्व्यवहारको मुद्दामा पक्राउ परेका ड्यानी आल्भेसलाई अदालतले छोड्न मानेन

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका ब्राजिलियन रक्षक ड्यानी आल्भेसले जमानत छाड्न गरेको दोस्रो अपिल पनि अदालतबाट खारेज भएको छ । 

बार्सिलोनाको एक नाइटक्लबमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा आल्भेसलाई स्पेनिस प्रहरीले जनवरीमा पक्राउ गरेको थियो ।

आल्भेसले भने आफूविरुद्धको रोप झुटो भएको बताउँदै आएका छन् । 

जमानतमा छोड्न गरेको दोस्रो अपिलमा उनको वकिलले अदालतलाई आल्भेसको ब्राजिलियन र स्पेनिस दुबै राहदानी राख्न आग्रह गरेका थिए । तर, अदातलले यसबाट आल्भेस अर्को देश जाने ‘उच्च जोखिम’ रहेको बताउँदै उनको अपिल खारेज गरेको हो ।

जस्टिस अफ क्याटालोनियाको उच्च अदालतले आल्भेसको अपिल सदर गरे ‘उनले कुनै पनि समय स्पेन छोड्ने अनुमति पाउने’ बताउँदै प्रस्ताव अस्वीकार गरेको छ ।

यसअघि फेब्रुअरीमा पनि आल्भेसको तर्फबाट जमानतमा छोड्नका लागि गरिएको अपिल अदालतले अस्वीकार गरेको थियो ।

जनवरीमा आल्भेस पक्राउ परेपछि उनको तत्कालीन क्लब मेक्सिकोको पुमास यूएनएएमले सम्झौता रद्द गरेको थियो । बार्सिलोनाबाट दुईपटकको सहकार्यमा आल्भेसले क्याटालन क्लबबाट ४०८ खेल खेलेका थिए । उनले बार्सिलोनाबाट ६ ला लिगा र दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro