site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाहीको प्रगति विवरण प्रतिनिधिसभालाई जानकारी गराउन लिङ्देनकाे माग 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाहीको प्रगति विवरण प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले यस विषयमा सभामुखबाट रूलिङको माग गरे । 

लिङदेनले शीर्ष नेताहरू भेट्दासमेत जनतामा कारबाही कमजोर बनाउन भएको हो कि भन्ने शंका बढेको बताए । “यसमा कति प्रगति भएको छ, कारबाही प्रक्रिया कहाँ पुग्यो संसद्लाई जानकारी गराउन माग गर्छु । सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्यो र प्रगति कति भयो यहाँ जानकारी गराउनुपर्छ,” उनले भने, “यसमा सभामुखबाट रूलिङ होस् ।”

सांसद लिङ्देनले देशको गरिमा अन्तर्राष्ट्रियस्तरसम्म झुकेको भन्दै दोषीलाई उन्मुक्ति दिने र कमजोर बनाउने काम नगर्न अनुरोध गरे ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro