देश

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले लिने फार्मासिस्टको २२औँ लाइसेन्स परीक्षा यही वैशाख ३० गते हुँदै छ । काठमाडौंको सानो भर्याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षा सञ्चालन हुनेछ ।
बिहान ११ बजेदेखि परीक्षा सुरु हुनेछ । परीक्षामा सहभागी हुन नागरिकताको प्रमाणपत्र वा सरकारले प्रदान गरेको फोटोसहितको परिचयपत्र अनिवार्य लैजानुपर्ने काउन्सिलले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८० ११:३२
प्रतिक्रिया दिनुहोस्