site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विभागले ४४ करोड ५१ हजारमा किनेको उपकरणको जडान नै नगरी भुक्तानी

काठमाडौं । स्वास्थ्य सेवा विभागले ४४ करोड ५१ हजार रुपैयाँमा खरिद गरेका १६७ वटा मेसिनको जडान विवरण नै नभएको पाइएको छ । 

यही वर्ष चारवटा आयातकर्तामार्फत् खरिद गरिएका ती मेसिन जडान नै नगरी भुक्तानी गरेको पाइएको हो । 

विभागले अटोमेडेट बायोकेमिस्ट्री एनालाइजर १० सेट, फुल्ली अटोमेटेड हेमाटोलोजी, १० सेट, इआरसीपी मेसिन एक सेट, पोर्टेबल मोबाइल एक्सरे मेसिन १३ सेट र हेमोडायलाइसिस मेसिन १३३ सेट खरिद गरेको थियो ।  

ती मेसिनका लागि रकम भुक्तानी गरिसकेको छ । तर, जडान र तालिम सञ्चालनको प्रमाण पेस नगरेको महालेखा परीक्षकको यस वर्षको प्रतिवेदनले देखाएको छ । 

मेसिन उपकरण खरिद सम्झौताको विशेष सर्तअनुसार सामान डेलिभरी जडान र सञ्चालन तालिमसमेत पूरा गरेपछि मात्रै भुक्तानी गर्नुपर्ने व्यवस्था छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro