site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा कोरोनाका कारण थप एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चितवन । जिल्लामा कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख दुर्गा चापागाईंका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनमा चैत ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।

जिल्लामा अहिले १० जना सक्रिय संक्रमित छन् । कार्यालयको तथ्यांकानुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक/एक रहेका छन् । संक्रमित सबै होम आइसोलेसनमा छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro