site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएन भाग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनले मन्त्रालय भागबन्डाको टुंगो गरेको छ । आज साँझ बालुवाटारमा बसेको बैठकले मन्त्रालयको नाम टुंगो नलागे पनि संख्याको टुंगो लगाएको हो ।

जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई दुई–दुई मन्त्रालय दिने सहमति भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक–एक मन्त्रलय लिने सहमति भएको एक नेताले जानकारी दिए । 

 एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ । 

Global Ime bank

सरकारमा जाने संकेत गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मन्त्रालय छुट्याइएको छैन । रास्वपाले सरकारमा जाने चाहना राखे पनि उसले भाग नपाएको बताइएको छ ।

भोलि मन्त्रीपरिषद् विस्तार गरेर नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC