
शिशुहरूको खानपान र उनीहरूको व्यवहारले शरीरिक र मानसिक विकासमा ठूलो भूमिका खेल्छ । विशेषगरी नवजात शिशुलाई आमाको दूध पर्याप्त नहुँदा कुपोषणको सिकार भएको तथा उमेर बढ्दै जाँदा उनीहरूको अन्य बालबालिकासरह वृद्धि विकास नभएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
नेपालको हकमा विगत साढे दुई दशकमा पूर्ण स्तनपान दर घट्दै गएको एनडीएचएस सर्वेक्षणको रिपोर्टले देखाएको छ । सन् १९९६ मा ७५ प्रतिशत आमाहरूले शिशुलाई पूर्ण स्तनपान गराउने गरेकोमा सन् २०२२ मा आइपुग्दा यो दर घटेर ५६ प्रतिशत पुगेको रिपोर्टले देखाएको छ ।
शिशुहरूलाई आमाको दूध पर्याप्त पुर्याउन के गर्न सकिन्छ त ? उमेर बढ्दैजाँदा शिशुहरूलाई कस्ता खानाहरू खुवाउनुपर्छ ? शिशुहरूको खानाको बानी सहज बनाउन के गर्ने ? के शिशुहरूको शारीरिक विकासका लागि आहारपूरक खाना अनिवार्य छ ? यीसहित विविध विषयमा बाह्रखरीकर्मी अस्मिता रिजालले परोपकार प्रसूति गृहकी नवजात शिशु विभाग प्रमुख डा. कल्पना उपाध्याय सुवेदीसँग कुराकानी गरेकी छन् । पस्तुत छ, सुवेदीसँगको भिडियो संवाद :