site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने प्रधानमन्त्रीको घोषणा
फाइल तस्बिर।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गरेका छन् । 

नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत संघर्षको उच्च सम्मान गर्दै आफूले सो जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको वसन्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेवार समूदायका लागि खोलिने सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पारे । प्रधानमन्त्रीले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउने काम पनि आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गराए । 

“नेपालको सभ्यता, संस्कृति र इतिहास, भाषा, साहित्य र कलाको निम्ति नेवारहरुले गरेको अनवरत संघर्षप्रति मेरो उच्च सम्मान रहेको छ । त्यसकारण म एउटा कुनै अध्ययन प्रतिष्ठान बनाउने कुरामा तपाईंहरुको अगाडि प्रतिवद्धता व्यक्त गर्दछु । र, त्यो नेवारको मात्रै हुनेछैन,” उनले भने, “त्यो नेपालीहरुकै हुनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु । विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि पर्दछ । यो हामी सबैका लागि गर्वको विषय हो ।”

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्