site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
होटेलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी
प्रतीकात्मक तस्बिर
Sarbottam CementSarbottam Cement

पोखरा । आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटेल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटेलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ । 

यसअघि बुटवल, भैरहवा, धनगढी, दाङ, जुम्ला, पाल्पा, गुल्मीलगायत ठाउँबाट होटेल पौवाले सेवा दिँदै आएको थियो । होटेलको सेवाबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रालिका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले रु १० करोडको लगानीमा पोखरामा होटेल व्यवसाय सञ्चालनमा ल्याइएको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

आतिथ्य सेवामा प्रालिले हालसम्म झण्डै रु ६० करोड लगानी गरिसकेको जनाइएको छ । होटेलका देशभरका शाखामा गरी तीन सय बढीले रोजगारी पाएको होटेलका प्रबन्ध निर्देशक ज्ञवालीले उल्लेख गरे । “काठमाडौं र नेपालगञ्जमा पनि सेवा विस्तारको तयारीमा छौँ”, उनले भने । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पोखरामा सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आउँदो दशकभित्र होटेलका एक सय शाखा विस्तार गर्ने लक्ष्य लिएको छ । ‘जहाँबाट आतिथ्यको सुरुआत हुन्छ’ आदर्श वाक्यसहित होटेल पौवा आतिथ्य सेवा क्षेत्रमा प्रवेश गरेको थियो । पौवा प्रालिमा डेढ सय बढी लगानीकर्ता जोडिएका छन् ।

Global Ime bank

“होटेलमा लगानी गर्नु चुनौतीपूर्ण छ, तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्न होटेल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौँ”, प्रबन्ध निर्देशक ज्ञवालीले भने, “हामीले प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता नेपालीपनको हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।”

आन्तरिक तथा बाह्य पर्यटकलाई नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पोखरालाई रोजिएको होटेल व्यवस्थापनले जनाएको छ । पौवामा आउने जोकोही पाहुनाले नेपाली संस्कृति, संस्कार र रैथाने स्वादको अनुभूति गर्न पाउने होटेलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।  रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC