राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
मंगलबारका लागि बोलाइएको समितिको बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुने तय भएको जसपाले जनाएको छ ।
बैठक पार्टी कार्यालयमा मध्याह्न साढे १२ बजे बस्नेछ ।
जसपाले चैत १५ भित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिएको छ । जसपाको विधान अधिवेशन चैत २७, २८ र २९ गते हुँदै छ ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९ २०:४३
प्रतिक्रिया दिनुहोस्