site stats
बाह्रखरी :: Baahrakhari
कला
जर्जियामा सम्पन्न ‘वर्ल्ड राईजिङ स्टार–२०२३’  प्रतियोगितामा पोखरेल विजयी

काठमाडौं । जर्जियाको राजधानीमा सम्पन्न ‘वर्ल्ड राईजिङ स्टार–२०२३’ प्रतियोगितामा नेपालका बालगायक प्रसुनजंग पोखरेल विजयी भएका छन् ।
प्रतियोगितामा उनले राष्ट्रिय पोसाक टाइटल पनि जितेका छन् ।

परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित नृत्य, गायन र अभिनयसम्बन्धी प्रतिस्पर्धा डीएसए स्टार २०१९ मा विजेता भएबापत नेपालको प्रतिनिधित्व गर्दै  प्रसुन जर्जिया पुगेका थिए । त्यहाँ उनले ४२ देशका प्रतिस्पर्धीमाझ अन्तिम स्पर्धा गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनलाई शनिबार सितल निवासमा राष्ट्रपती विद्यादेवी भण्डारीले  विश्वमाझ पुगेर नेपालको नाम चिनाउने काम गरेकोमा शुभकामनासहित अवार्ड हस्तान्तरण गरेकी परिवर्तन इभेन्ट हाउसले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

335585358_1968187156854088_858596725541714647_n (1)1678707261.jpg

थाइल्यान्डको टीन स्टार इन्टरनेशनल २०२२ प्रतियोगितामा फोर्थ रनरअप भएका प्रसुन ब्राइट फ्युचर एकेडेमीमा कक्षा ९ मा अध्ययनरत छन् । उनी नेपालको डीएसए सिंगिङ स्टार २०१९ का विजेता पनि हुन् । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्