site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पुरानै गठबन्धन ब्युँताउने देउवा र दाहालबीच समझदारी, राष्ट्रपति कांग्रेसलाई

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पुरानै गठबन्धन ब्युँताउने समझदारी जुटेको छ ।

“हामी चुनावअघिकै गठबन्धन ब्युँताउनेगरी समझदारीमा पुग्यौँ,” कांग्रेसका एक प्रभावशाली नेताले बाह्रखरीसँग कुरा गर्दै भने, “यसमा एकीकृत समाजवादी र जनता समाजवादीबीच पनि एक चरणमा कुराकानी भएको छ । बिहीबार हामी सबै विषयमा प्याकेजमा निष्कर्षमा पुग्छौँ ।”

देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीको बैठकलगत्तै सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

Dabur Nepal
NIC Asia

त्यसलगत्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका प्रभावशाली नेताहरू घनश्याम भुसाल र बेदुराम भुसालसँग छलफल गरेका थिए ।

उनीहरूसँगको छलफलपछि केही पदाधिकारीसहित बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पुरानै गठबन्धन ब्युँताउन प्रस्ताव गरेका थिए ।

“हामीले अस्तिको कुरा पुनः सम्झायौँ,” कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बाह्रखरीसँग भने, “विश्वासको मत दिएका छौँ राष्ट्रपतिमा सहयोग गर्नुस् भनेर आग्रह पनि गरेका छौँ । हामी उमेदवारी दिन्छौँ, तपाईंहरू सहयोग गर्नुस् भनेर भन्यौँ ।”

जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीले निर्णय गर्ने अधिकार आफूलाई दिएको भए पनि बिहीबार नेताहरूसँग बसेर निर्णय गर्ने बताएका थिए ।

“मलाई पार्टीले जिम्मेवारी दिएको छ, तपाईंहरूले उठाएको विषयमा म सकारात्मक छु । चाँडै निर्णय दिन्छु,” प्रचण्डको भनाई थियो ।

स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति कांग्रेसले पाउनेछ भने प्रचण्डले कति वर्ष प्रधानमन्त्री लिने र त्यसपछि को भन्ने विषयमा पुरानै गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरूको बिहीबार बस्ने बैठकले टुंगो लगाउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  २१:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro