राजनीति
प्रचण्डको ब्रिफिङसँगै स्थगित माओवादी स्थायी कमिटी आज बस्दै

काठमाडौं । नेकपा माओवादीको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने माओवादीले जनाएको छ ।
यसअघि हिजो बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा समस्या आएको ब्रिफिङ गरेपछि सकिएको थियो ।
बिहान ११ लागि बोलाइएको बैठक अपराह्न ४ बजे बसेको थियो । उक्त बैठक औपचारिक विषयमा प्रवेश नगरी बैठक सकिएको थियो ।
उनले गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकाले आफूलाई समय चाहिएको बताएका दिए । उनले बैठकमा रास्वपाको मात्रै नभएर गठबन्धनमा नै समस्या आएको बताएका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९ ०५:५७