site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘रवि नेपाली मूलको विदेशी नागरिक हुन्, सांसद हुन पाउँदैनन्’

काठमाडौं । गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र पासपोर्टसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ ।

अब केहीबेरमा प्रतिवादीका तर्फबाट कानुनविदहरुले बहस थालनी गर्नेछन् ।

अमेरिकी पासपोर्ट बोकेर सन् २०१५ मा नेपाल आएको १६ औं दिनमा लामिछानेले नेपालको पासपोर्ट लिएको खुलेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तर उनले पछिमात्रै अमेरिकाको पासपोर्ट त्यागेका थिए । लामिछानेले २०७५ जेठ ५ मा नेपालस्थित अमेरिकी दूतावासमा निवेदन दिएर नागरिकता त्याग्न लाग्ने दस्तुर बुझाएका थिए ।

त्यसपछिमात्रै उनले अमेरिकी नागरिकता र पासपोर्ट त्याग गरेका थिए ।

सर्वोच्चमा आजदेखि भएको सुनुवाईमा रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता रमण कर्णले लामिछाने नेपाली मूलका विदेशी नागरिक भएको हुनाले उनले दल खोल्न र सांसद हुन नपाउने तर्क गरेका थिए ।

अधिवक्ता कर्णले अमेरिकाको नागरिकता त्याग गरेपछि पुनः प्राप्तिको प्रक्रियामा नै नगई नागरिकता प्राप्त नहुने भएकाले उनलाई नेपाली नागरिक मान्न नसकिने तर्क गरेका थिए ।

विधि र कानुन नै पूरा नगरि नागरिकता स्वतः कायम हुन्छ भनि तर्क गर्न नमिल्ने बताएका थिए । “उहाँले त्याग गरेको निस्सा बुझाउन सक्नुभएको छैन,” उनको तर्क थियो, “नेपाली मूलको विदेशी नागरिकको रुपमा लामिछाने हुनुहुन्छ । उहाँले दल खोल्न र सांसद हुन पाउनुहुन्न ।”

उनले अमेरिकाको नागरिकता लिनासाथ नेपालको कायम नरहने बताएका थिए । अब प्रतिवादीका तर्फबाट केहीबेरमा बहस सुरु हुनेछ ।
 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्