site stats
बाह्रखरी :: Baahrakhari
कला
‘फूलबारी’को ट्रेलरमा दुई पुस्ताबीचको अन्तर

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई पुस्ताबीचको अन्तर देखाइएको छ । वृद्ध बुवाआमालाई कसरी सन्तानले बोझ ठान्छन् भन्ने कथालाई चलचित्रले देखाउन खोजेको छ । 

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्रको कथा उपेन्द्र सुब्बाले लेखेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रको मुख्य भूमिकामा विपीन कार्की र अरुणा कार्की छन् । दयाहाङ राई, सोमनाथ खनाल, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ, अनुपम शर्मालगायत कलाकार मुख्य भूमिकामा छन् । 

बाबु आमाको भूमिकामा विपीन र अरुणा कार्की छन् । विपीनको भतिजको भूमिकामा दयाहाङ राई छन् । 

‘फूलबारी’ फागुन ५ गते रिलिज हुँदै छ । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्