site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
रामबाबु र दीपेन्द्र के खनालका सिनेमा सधैँ एउटै डेटमा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही समय अगाडि दयाहाङ राईले निर्देशन गरेको नाटक ‘डिग्री माइला’लाई अब दर्शकले चलचित्रको रूपमा पनि देख्ने भएका छन् । रामबाबु गुरुङले यो चलचित्रलाई निर्देशन गर्ने भएका छन् । 

चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई स्वयं हुनेछन् । चलचित्र दसैँमा रिलिज हुने निर्देशक गुरुङले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘डिग्री माइला’ दसैँमा रिलिज हुँदा यो चलचित्र ‘पशुपतिप्रसाद–२ भष्मे डन’सँग जुध्नेछ । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र पशुपतिप्रसाद–२ भष्मे डन’ले यसअघि नै दसैँमा आउने घोषणा गरिसकेको छ । 

लामो सार्वजनिक बिदाको अवसर पारेर विशेषतः ठूला ब्यानरका चलचित्र प्रदर्शनमा आउने गरेका छन् । यो पटक पनि बजारमा राम्रो छवि बनाएका निर्देशक खनाल र गुरुङका चलचित्र एकै समय आउने भएका छन् । यसअघि पनि यी दुई निर्देशकका चलचित्र एकै पटक रिलिज हुँदै आएका छन् । गुरुङ निर्माता रहेको ‘घाम पानी’ र खनाल निर्देशक रहेको ‘लभ लभ लभ’ पनि एकै मितिमा नयाँ वर्षाको छेको पारेर रिलिज भएका थिए । गुरुङको निर्देशन रहेको ‘सेन्टी भाइरस’ र खनाल निर्देशित ‘आमा’ पनि एकै दिन रिलिज भएका थिए । 

Global Ime bank

यसपटक फेरि संयोग भनौं या जानाजान दुवै निर्देशकका चलचित्र एकै समय आउने देखिएको छ । यद्यपि, वितरक र निर्माण पक्ष बसेर मितिमा छलफल गरेर कोही अघि र कोही पछि आउने गरेको विगत भने छ । तर, यी दुई निर्देशक भने एकै दिन आउने गरेका छन् । 

अघिल्लो महिना देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले एकै डेटमा ठूला दुई वा त्योभन्दा धेरै चलचित्र रिलिज नगर्ने घोषणा गरेको थियो । फागुन १९ मा अपेक्षित मानिएका ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ एकैदिन आउन लागेपछि क्यूएफएक्सले उक्त कुरा बताएको थियो । निर्माता र प्रदर्शक दुवैलाई घाटा हुने भन्दै क्यूएफएक्सले ठूला चलचित्र एउटै डेटमा रिलिज नगर्ने जनाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC