site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहिनी जेरीलाई पत्र

सबैकी प्रिय जेरी बहिनी,

बहिनी किन भनेको भने जुन पीडा तपाईँले अहिले भोगिरहनु भएको छ त्यो मैले सात वर्षअगाडि नै भोगेर पार भैसकेकी छु । विभिन्न मिडियामार्फत मैले चिनेको जेरी दरिलो व्यक्तित्व भएकी सशक्त महिला हुन् । नेपाली समाजमा तपाईँको आफ्नै अस्तित्व छ । तपाईँलाई आफ्नो परिचय दिन कुनै सम्बन्धको आवश्यकता पर्दैन । केही समयअघि तपाईँको व्यक्तिगत जीवनको बारेमा प्रिय नलाग्ने घटना सुनियो । तपाईँको सहमतिमा हो कि सहमतिबिना  नै हो कमजोर भई बिलौना गरेका केही भिडियो सार्वजनिक भए ।  

सम्बन्ध टुट्नु कसैको लागि पनि सुखद हुँदैन । किनभने सँगै थुप्रै विश्वास र अपेक्षा सकिन्छन् । व्यक्तिगत अनुभव छ मेरो विगोगले कति रुन्छ यो मन ? तर, म कहिल्यै कसैको अगाडि रोइन । धेरैपटक आसुका भेल बगाएकी छु मैले र मेरो ईश्वरलेमात्र थाहा पाउने गरी । साँच्चै भनु भने पाएका चोटको बेलिबिस्तार सबैका सामु लगाई रोएर अबला र कमजोर महिलाको उदाहरण बन्नु थिएन । एउटा कुरा भन्छु- अरुको आँसु र घाउ देख्दा कसलाई रमाइलो लाग्छ र ?  विरक्त लाग्छ । तपाईँ  त उदाहरण हो सामान्य महिलाका लागि । धेरै महिलाले तपाईँबाट सिक्छन् । तपाईँ  के सन्देश दिन चाहनुहुन्छ ? वैवाहिक सम्बन्ध टुटेपछि महिला अबला हुन्छन्, बिचरा हुन्छन् ? संसारमा यसअघि कसैलाई नपरेको पीडा तपाईँलाई परेको पनि त होइन नि । याद गर्नुस् बहिनी, बलियो हाँगा सानोतिनो बतासले भाँच्चिदैन । भाँचिने भनेको कमजोर हाँगा हो । बतासविहीन जीवन त पक्कै बनाउन सकिँदैन । कमजोर हाँगामा बस्नु भनेको भ्रममा बस्नु हो । यस्तो भ्रम त समयमै सकिएको राम्रो । जीवनमा नयाँ सुरुआत गर्न सकिन्छ । गौतम बुद्धको भनाइ छ  “ गलत मान्छेको संगत गर्नुभन्दा एक्लै हिँड्नु बेस ” । महिला एक्लै हुँदैमा बिचरी हुँदैनन् । बिचरी तब भइन्छ जब एउटा प्रेमविहीन मृत नाताको लासलाई बोकेर जीवनभर हिँड्नुपर्छ । 

आखा खोलेर हेर्नुस् बहिनी, हिजो र आजमा केही बदलिएको छैन । हरेक बिहान मुस्कुराउने घामले तपाईँलाई किरण दिन्न भनेको छैन । हिजो र आजमा विभेद नगरी दिन्छ उसले  । आकाशले हिजो जसरी तपाईँको संरक्षण गरिरहेको थियो आज पनि त्यसरी नै गरिरहेछ । विभेद गरेको छ र ? हिजो जसरी तपाईँलाई देखेर फूल हाँस्थ्यो आज पनि हाँसिरहेछ  हेर्नुस् त । राज्यले जे जति सुविधा हिजो दिएको थियो आज पनि दिन्छ तपाईँलाई । बरु समताका कारण दिने सुविधा बढी हुनसक्ला । कुनै पनि नागरिकले तिमी 'डिभोर्सी' हौ तिम्रो गीत सुन्दिन भन्दैन । जन्मदै ल्याएका रगतका नाता र आफैँले आर्जेका नाता हिजोभन्दा आज बढी सहयोगी पाउनु हुनेछ तपाईँले  । उनीहरूले तपाईँलाई भावनात्मकरूपमा बलियो राख्न कोसिस गर्नेछन् । सबैभन्दा महत्वपूर्ण तपाईँको ईश्वर सधैँ तपाईँसँगै हुनेछन् । कहिलै तपाईँको  साथ छाड्नेछैनन् । बुझ्नुस्  बहिनी - हिजोभन्दा आज एउटा कुरामात्र फरक भएको छ । एक व्यक्तिसँग तपाईँको सम्बन्ध कागजीरूपमा समाप्त भएको छ । वास्तवमै  भन्ने हो भने प्रेमलाई कागजले रोक्न सक्छ र ? जहाँ प्रेम छैन कागजले बाँध्न पनि सक्दैन । सम्बन्धको मूल प्रेम हो कागज होइन । कागजमा सम्बन्ध सकिनु धेरैअघि भावनात्मकरूपमा मरिसकेको हुन्छ । कारण जे भए नि के फरक पर्छ र ? सम्बन्ध लास नै भई सकेपछि दाहसंस्कार गरेकै ठीक । 
 
बहिनी ! जीवनमा शान्ति चाहनुहुन्छ भने स्वीकार गर्नुस् आफैँलाई । स्वीकार गर्नुस्, मान्छे चिन्न तपाईँबाट गल्ती भयो । स्वीकार गर्नुस्, ऊ तपाईँले चाहेजस्तो थिएन भने तपाईँ  पनि त उसले सोचेजस्तो हुनसक्नु भएन । स्वीकार गर्नुस् सँगै बसेर एक सन्तानलाई जन्म दिई सक्दा पनि साँचो प्रेम फुल्न सकेन तपाईँहरूबीच । स्वीकार गर्नुस् अब तपाईँ एक 'डिभोर्सी' हो । कुनै दिन अरूलाई 'डिभोर्सी' भन्नुहुन्थ्यो होला । आज तपाईँ पनि त्यही समूहमा पर्नु भएको छ । सबै कुरा विनासंघर्ष स्वीकार गर्नुस् । माफ गर्नुस्, सबैलाई जहाँजहाँबाट पीडा पाउनु भयो ।  माफ गर्नुस् आफैँलाई पनि विगतमा भएका गल्तीका लागि । आखिर मान्छेले सिक्ने गल्तीबाट नै हो । गल्ती गर्नु नै खराब होइन । तर, गल्ती गरे भनेर गल्तीमै हराउनु चाही खराब हो ।  जे जस्तो छ त्यसलाई त्यस्तै देख्न सक्नुपर्छ । धेरै सोची अतिरञ्जित बनाएर केही लाभ हुँदैन बरु हानी नै हुन्छ । 

विश्वास गर्नुस्, जीवनमा समस्या हामीलाई सिध्याउन होइन बलियो बनाउन आउँछन् । पीडामा ठूलो शक्ति हुन्छ । सात वर्षअगाडि त्यो घटना मेरो जीवनमा नभएको भए आज म जे छु सायद त्यो हुँदैन थिएँ होला । जीवनमा आइलागेका समस्यालाई समधान गर्नसक्ने यो स्तरको आत्मविश्वास मसँग हुँदैन थियो होला । चोट सही सबै कुरालाई बिर्सेर अगाडि बढ्नसक्ने क्षमता मसँग हुँदैन थियो होला । त्यस घटनाले मभित्र भएको क्षमतालाई मसँग परिचय गरायो ।  जे हुन्छ राम्रो हुन्छ या राम्राका लागि हुन्छ । 

बहिनी ! आजबाट नयाँ जीवनको सुरु गर्नुस् । आजसम्म गर्न चाहेर पनि पूरा गर्न नसकेको सोख भए पूरा गर्नुस् । समयको सीमाले छुटाएका मित्रहरूसँग सम्पर्क गर्नुस् । विभिन्न ठाँउ घुम्नुस् , नाच्नुस्,  गाउनुस् । आफैँलाई समय दिनुस् । आफ्नै प्रेममा पर्नुस् । उसले रचेको संसार बडो सुन्दर र प्रेमिल  छ । कण कण सुन्दरताले भरिएको यस विशाल संसारमा यस्ता झिनामसिना चोट कता बिलाउछन् कता ! 

                                                      
सशक्त र प्रगतिशील जीवनको शुभकामना

(ओशोधारा मैत्री संघ )


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro