site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको उदय जनताले ठूला दललाई सच्चिन भनेका हुन्, विकासका लागि एमाले चाहिन्छ (अन्तर्वार्ता)
फाइल तस्बिर।
Tiktok banner adTiktok banner ad

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको मतपरिणाम सार्वजनिक भइरहेको छ । जारी मतपरिणामअनुसार प्रत्यक्षतर्फ नेकपा (एमाले) दोस्रो र समानुपातिकतर्फ पहिलो स्थानमा देखिन्छ । एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ चुनावी परिणाम अनपेक्षित आएको बताउँछन् ।
 
लमजुङबाट प्रतिनिधिसभा सदस्य बनेका गुरुङले बाह्रखरीसँगको कुराकानीमा अब वामपन्थी शक्तिहरु मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन् । प्रस्तुत छ, उनीसँग बाह्रखरीका कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश:- 

हालसम्मको मतमत परिणामलाई कसरी हेर्नुहुन्छ ? एमालेले सोचेजस्तो नतिजा ल्यायो त ?

एमालेले सोचेभन्दा कमजोर नतिजा आयो । हामी सुविधाजनक रुपमा ठूलो पार्टी बन्छौँ भन्नेमा थियौँ । ११५–२० सिट आउला भन्ने थियो । ज्यादा घेराबन्दीमा परियो । त्यसले सोचेजस्तो नतिजा आउन कठिन भयो ।
 
कम सिट आउनुमा आन्तरिक कारण पनि छन् कि बाह्य घेराबन्दी मात्रै हो ?

यसपटक पार्टीभित्र अभूतपूर्व एकता देखियो । त्यो राम्रो हो । एकताबद्ध हुँदाहुँदै ठूलो घेराबन्दीमा परियो । त्यो चक्रब्यूह तोड्न गाह्रो भएको हो । घेराबन्दीका बीचमा पनि एमाले ठूलो पार्टी बन्ने होडमा छ । एमालेलाई कसैले निषेध गरेर निषेध गर्न सक्दैन भन्ने पुष्टि भयो ।
 
तर, सरकार चलाउन आवश्यक पर्ने स्ुविधाजनक सिट पाएको भए धेरैसँग छलफल गरिरहनु पर्दैनथ्यो । राजनीतिक स्थिरतातर्फ लैजान, सही दिशामा लैजान र विकास निमार्णका लागि सहज हुन्थ्यो । तर, यो नतिजाले अलिक कठिन हुन्छ होला ।
 
एमालेले अब आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छ ?

एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छ । एमाले र कांग्रेस अरुभन्दा ठूलो पार्टी हो । यसपटक जनमत छरिएको छ । माओवादी, एकीकृत समाजवादी, लोसपा, जसपा, रास्वपा, राप्रपालगायतका दलहरुमा सिट बाँडिएको छ । यसले मुलुकको राजनीति अस्थिर भयो । यसले राजनीतिले स्वाधीनताको मुद्दा कमजोर बनाउँछ । मुलुकमा स्थिरता कायम हुन असहज हुन्छ । 

मुलुकमा राजनीतिक स्थिरता नभएपछि सुशासन, विकास निर्माणको काममा बाधा गर्छ । संविधान कार्यान्वयनका बारेमा पनि संकट पैदा हुन्छ । अझै पनि संविधान सोचेजस्तो ढंगले कार्यान्वयन भएको छैन । संघीय लोकतान्त्रिक गणतान्त्रिक  शासन प्रणाली अझै बलियो भइसकेको छैन । 

त्यसका लागि संघीयता, लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुको बीचमा देशभक्तिपूर्ण आन्दोलनमा अघि लागेका, सुशासन, विकासको अभियानका पक्षहरु बीच एकता भएन भने मुलुकको राजनीतिक व्यवस्थामाथि समस्या पैदा हुन्छ ।

सरकार गठनका लागि एमालेले रोज्ने दल कुन हो ?

सरकार गठन यहीसँग भनेर अहिले भन्न सकिन्न । सबैसँग कुरा भइरहेकै छ । कांग्रेस र एमालेबीच चाहिँ सरकार गठनको कुरा भएको छैन । हामीले पनि अरु दलसँग छलफल गरिरहेकै छौं । कांग्रेसले पनि गरिरहेकै देखिन्छ । 

तेस्रो शक्तिको रुपमा माओवादी, समानुपातिकको हिसाबाले रास्वपा चौथो शक्ति बन्ला । तर, प्रत्यक्ष सिट संख्याको हिसाबले त माधव नेपालजीको पार्टी छ । त्यस्तै राप्रपा, जसपा, लोसपा यिनै शक्तिहरुसँग कुरा गरेर एकजुट भएर गयो भने राम्रो हुन्छ । अझै वामपन्थीहरुबीच एकता भएर जाँदा राम्रो होला । 

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी हो । उसले आफ्नो भिजन, मिसन, पोलेसी त केही ल्याएको छैन । एमाले, कांग्रेस सत्ता गठबन्धनको रुझानलाई नरुचाएर मान्छेले विद्रोह गरेका हुन् । उहाँहरुले कसरी जानुहुन्छ, त्यो त हेर्न बाँकी छ । तर, उहाँहरु (स्वतन्त्र पार्टी)ले देश विकासका लागि एमालेलाई समर्थन गनुपर्ने देख्छु । कांग्रेस विकासको एजेण्डा भएको पार्टी होइन् । देशभकत वाम लोकतान्त्रिक शक्तिहरुबीच एकता गरेर जाँदा राम्रो ।
 
अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग कुरा गर्नुभएको थियो । सरकार गठनको कुरा भइसकेको हो ?

म लमजुङ भएकाले सबै कुरा त थाहा छैन । चुनावमा चियाको कपमा तुफान आउँछ । चुनाव सकिएपछि एउटा नेताले अर्कोलाई बधाई दिने राजनीतिक संस्कार हो । अहिलेलाई त्यही रुपमा बुझौँ । राप्रपा, जसपासँग हामीले चुनावी तालेमल गरेको हो । माओवादी र एकीकृत समाजवादीलाई यो गठबन्धनबाट अंकगाणितका हिसाबले फाइदा देखिएन ।
 
अहिलेको चुनावबाट रास्वपा, जनमत, नागरिक उन्मुक्ति पार्टीको उदयलाई एमालेले कसरी लिएको छ ?

अहिलेको परिणामले जे संकेत गरेको  छ, त्यो ठूला पार्टीहरुलाई पनि हो । तिमीहरु राम्रोसँग चल, गठबन्धन ठीक भएन भन्ने सन्देश पनि हो । उता, मधेसवादी दलहरु जसपा, लोसपा छन् । मधेसको मुद्दामा उभिएका दल मधेसको मुद्दा भन्दा पनि धेरै अन्य राजनीतिमा संलग्न भएकाले रुचाएको देखिएन । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको पक्षमा जनमत सिर्जना हुनुले पनि एउटा संकेत गरेको छ ।
 
खासगरी काठमाडौंको जनताले र युवा पंक्तिले माओवादी, एकीकृत समाजवादी र जनमोर्चा कांग्रेससँग मिलेको पट्क्कै, पटक्कै रुचाएनन् । त्यसको बिद्रोहको रुपमा रवि लामिछानेहरुको उदय भयो । रवि लामिछानेहरुको उदेश्य होला, युवाहरु होलान् तर मुलुक चलाउन त भिजन चाहियो नि । मुलुक चलाउन नीति, कार्यक्रम, अठोट र ठूलो संगठनात्मक शक्ति चाहिन्छ । त्यो उहाँहरुसँग कुनै छैन । तेस्रो शक्ति उदय हुनुले पार्टीहरुको आचरण सँच्चिनुपर्छ भन्ने संकेत पनि हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  २२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro