site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपिलवस्तु–३ मा एमालेका मंगलप्रसाद विजयी, चौथोपटक संसद् पुग्ने अभिषेकको यात्रामा ब्रेक

काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा(एमाले) का मंगलप्रसाद गुप्ता निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरे । गठबन्धनको सहयोग पाएका शाहले १८ हजार ९८२ मत मात्र पाए ।

राप्रपाका प्रकाश रजौरियाले १३ हजार ३३२ मत प्राप्त गरेका छन् । 

पराजित भएसँगै चौथोपटक संसद् पुग्ने अभिषेकको यात्रामा ब्रेक लागेको छ । शाहले त्यहाँबाट ०६४, ०७० र ०७४ मा चुनाव जितेका थिए । ०६४ र ०७० मा मधेसी जनअधिकार फोरमबाट लडेका उनी ०७४ मा कांग्रेसबाट लडेका निर्वाचित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  ०१:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro